कृषि उत्पादन प्रविधिमा ढिला भयो

सवैतिर परिवर्तन कृषिमा पुरानै ढर्रा भयो,
अन्न भण्डार घट्दै जादा छाक टार्न गाह्रो भयो,
पुरानै वीउ विजन, पुरानै उत्पादन शैली भयो,
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

सञ्चार क्षेत्रले निकै ठुलो फड्को मार्दो भयो,
सञ्चार ज्यादै साघँुरो भयो पैसा विदेशीन गयो,
मोबाइल, ट्याबलेट, ल्यपटपमा खेल्दै गर्दा,
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

शिक्षामा विगतको भन्दा निकै ठुलो परिवर्तन भयो
स्कुल कलेजका पुस्तकहरुमा व्यापक परिवर्तन भयो
उत्तरपुस्तीका जाँच्न र नतिजा प्रकाशनमा परिवर्तन भयो
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ प्रविधिको विकास भयो
ठुला रोग साधारण र बाहिर बाटनै अपरेशन भयो
स्वास्श्य, शिक्षा र सञ्चारमा ठुला परिवर्तन भयो
तर कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

संचार स्वास्थ्य र शिक्षालाइ कृषिमा ढाल्न ढिला भयो
नया नया प्रविधि, तालिम, सीप दिन ढिाला भयो
गाउँ गाउँ कुना कुना सम्म प्राविधिक पठाउन ढिला भयो
त्यसैले त कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका -८

विषादी रहित उत्पादन गरौ

माटो र धुलोमा खेल्दै, बाँझो जोत्दै गर्दा,
प्राङ्गारीक मल छर्दै, मकैको ठेट्ना टोक्दा,
झसङ्ग मन झस्कन्छ र कहाली लाग्दछ ,
रोग व्याधी नष्ट गर्न छिमेकीले विष छर्दा ।

आफ्नै खेत बारीका स्वच्छ उत्पादनहरु,
आफ्नै हातको परिश्रमको मिठो फल,
विषादी रहित बाली नाली र उपभोग,
नगरौ अव खेती पातीमा विषको प्रयोग ।

एक्लै विष पिउनेहरु, आफू एक्लै मर्दछन ,
अन्न वाली, उत्पादनमा विष मिसाउनेहरुले,
मस्तीष्क, फोक्सो, कलेजो निष्क्रीय पार्दछन,
हजारौ हजार जिब र मानीसहरु मार्दछन ।

विषादी बिषै हो, विष राख्नु अपराध हो,
हामी सबैले वुझ्नु र वुझाउनु पर्दछ,
विषादी रहित उत्पादन प्रयोग गरौ,
व्यक्ति, गाँउ, टोल सवैले सहयोग गरौ ।

–ध्रुव प्रसाद गजुरेल

हार्दिक समवेदना

Today is 13 day ( 25 April 2015 Saturday 11:54) -Earthquake-7.9 Magnitude

 

७२ बैशाख १२ गतेको कालो दिन
हेर्दा हेर्दै घर, गाँउ, टोल मन्दिर ढलेका छन् ।
आफ्ना आफन्त पूरा गाँउ नै चिहान बनेको छ ।
जनधनको अपूरणिय क्षती देशै शोकमा डुबेको छ ।
महाविनासकारी भूकम्पले महाविनास गरेको छ ।
दिवंगत आत्माहरु प्रति हार्दिक समवेदना प्रकट गर्दै
एक हातले आँशु पुछ्दै, पिडा सहि
अर्को हातले उद्धार र राहतमा जुट्नु परेको छ ।

मै हुँ

महाभूकम्पको ४५ अौं दिन आज

मै हुँ

पृथ्वी डगमगाउँदै आउने भूकम्पनै मै हुँ ।

कमजोर संरचना तहसनहस गर्नेनै मै हुँ ।

सानु-ठुलो, तेरो-मेरो, लोभ नभएकोनै मै हुँ ।

सारा संसारको प्रश्नवाचक चुनौतीनै मै हुँ ।

1990, 2072 को महाँभुकम्पनै मै हुँ ।

हजारौं पराकम्पन ल्याउने शक्तीनै मै हुँ ।

क्षणभरमानै नासी मात्तीएर हास्नेनै मै हुँ ।

बिना सूचना आउने भूकम्पनै मै हुँ ।

म लहड हुँ विना सूचना दौडने तरंग मै हुँ

विज्ञान, न्युट्रन, आइस्टान भन्दा ठुलोनै मै हुँ ।

शक्तिमा, कालमा, नासमा, सवैमा ठुलो मै हुँ

मिनेट भरमा विध्वन्स मच्चाउनेनै मै हुँ ।

तर,

म प्रतिरोधात्मक संरचना बनाउनेहरुलाई

बलिया निर्माण र पून:निर्माण थाल्नेहरुलाई

पूराना नराम्रा शैली र मान्यता तोड्नेहरुलाई

नआत्तीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।

ईन्जिनियरहरुको सल्लाहमा निर्माण गर्नेहरुलाई

दूर्गम गाउँमा साना बस्ती बनाउनेहरुलाई

फेरी भूकम्प आउन सक्छ भनी सोच्नेहरुलाई

न आतीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।

भूकम्प प्रतिरोधी घर, टहरा, भवन बनाउनेहरुलाई

अर्को पुस्ताले सम्झन लायक निर्माण गर्नेहरुलाई

बुद्धि पुर्याइ काम गर्न थाल्नेहरुलाई

नआत्तीन नडराउन अनुरोध गर्ने नै मै हुँ ।

….क्रमश :

रितिरीवाज कस्तो ?

 

जिल्ला घुम्दा देखिएको कहाली लाग्दो संस्कार ,
हुने खाने, जागीरदारको ‍अचम्मको विचार ,
छोरी जन्मे त्यही गाँउमा कुपोषणको शिकार,
छोरा जन्मे भाग्यमानी शिक्षा स्वास्थ्य अवसर ।

धेरै युवा विदेशमा, जोश जागर अरबतिर,
बुढा-बुढी गाँउमा बस्छन् हुने खाने शहरतिर,
जग्गा जमिन बाँझै भए ध्यान गयो अन्तै तिर,
राम्रो अवसरको खोजी गर्दा बाँझो भयो गाँउ तिर ।

कमैया र हलिया प्रथा अर्ध जीवित नै भेटिन्छ,
जमिन्दार र मूखियाको रवैया नि देखिन्छ,
हुने खानेलाई यै देशमा माेज मस्ती देखिन्छ,
धेरैलाई त छाँकै टार्न मुस्किल पनि भेटिन्छ ।

दाइजो प्रथा झाङ्गीएर गएको नि देखियो,
छोरी पाउँदा नरमाइलो मानेको नी भेटियो,
छोरी जती मासिने र छोरा राख्ने भेटियो,
वर्षाै पछि छोरीहरु कम हुने नै देखियो ।

गरिव बस्ने गाँउमा नै, सक्ने गति सदरमुकाम,
खेति पाती बाझै वस्छ, भन्छन सामल किन्न जाँउ,
भाषण गर्छन ठुला ठुला समानताको नारामा,
मन भित्रै विभेद रहेछ उनको आफ्नै घरमा ।

गाँउमा स्कुल छोरीका लागि बनाइदिए जस्तो,
सवैले शिक्षा पाए त हुन्थ्यो यहाँको चलन कस्तो ?
शिक्षित वर्गमा, शिक्षामा ठुलै अभाव भए जस्तो
हाम्रो चलन, धर्म, संस्कृती ,रितिरीवाज कस्तो ?

– ध्रुव प्रसाद गजुरेल

कविता

 

भर्खर जन्मेका शिशुहरुको आवाज हो कविता
तोते बोली र बामे शर्दाका अवस्था हो कविता
जिज्ञासा, कौतुहलता, झोला र पुस्तक हो कविता
आवश्यकता, रुवाइ, आँसु र हाँसो हो कविता

किशोर युवा युवतीको हेराइ र मुस्कान हो कविता
माया, प्रेम र पिरतीका लेख रचनाहरु हो कविता
नाशा नशाका तरंग, भावना र जवानी हो कविता
दुइ आत्माको मिलन घरजम र परिवार हो कविता

झरेका आँसु र दुखेका घाउहरु हुन कविता
पिडा, अप्ठ्यारो, थिचाइं र मिचाइं हो कविता
राष्ट्रियता, हिमाल, पहाड, तराइ हो कविता
जिन्दावाद, मुर्दावाद, शब्दै शब्द हो कविता

संस्कृती, रितिरीवाज र राजनिती हो कविता
कालापानी र सूस्ताका सिमाहरु हो कविता
दाशता, निरंकशता र प्रजातन्त्र हो कविता
दमन, जेलनेल, अत्याचार र हत्कडी हो कविता

राष्ट्रिय विभुती,अग्रज र कविहरु हुन कविता
प्रकृती, छहरा, घामपानी र बगैचा हो कविता
नेपालीको पहिचान र चम्किलो खुकुरी हो कविता
जिन्दगीको हरेक पल पल, समय र मृत्यु हो कविता

– ध्रुव प्रसाद गजुरेल

किसान हु भन्न मन लाग्छ ।

 

झुल्के घाँम सँगै खेत वारीमा जान मन लाग्छ ,
बाँझो ओल्टाइ, पल्टाइ मलीलो पार्न मन लाग्छ ,
डोको, कोदाली र बन्चरो सँग खेल्न मन लाग्छ ,
पेशा सोधेमा किसान हुँ भन्न मन लाग्छ ।।

हिलो खेल्दै रोपाईमा असारे गाउन मन लाग्छ ,
हँ‍‍‍ हँ गर्दै गोरु र ट्याक्टर सँग हिडन मन लाग्छ ,
असार १५ धान दिवस, दोहोरी खेल्न मन लाग्छ ,
पेशा सोधेमा रुकिसान हुँ भन्न मन लाग्छ ।।

समय सँग सगै खेल्न र घुम्न मन लाग्छ ,
कृषिका पुराना शैलीहरु त्याग्न मन लाग्छ ,
आधुनिक प्रविधि र विऊहरु छर्न मन लाग्छ ,
विषादी रहित उत्पादन गराउन मन लाग्छ ।।

युवाहरुलाई अरव नजाउ भन्न मन लाग्छ ,
सवैले यहि माटोमा सुन फलाउन मन लाग्छ ,
कृषिमा आत्म निर्भर गराउन मन लाग्छ ,
पेशा सोधेमा किसान हुँ भन्न मन लाग्छ ।।

– ध्रुव प्रसाद गजुरेल

बागमती सफाई अभियान (महाकुम्भमेला)

सानु छदाँ हामी, खेल्न जान्थ्यौं पशुपती,
हजुरबा, र हजुरआमा सँगै लागि पछी ।
पानी सफा–कञ्चन थियो, कति पिइयो कती,
ननुहाइ फर्किएनौं हामी, कति नुहाइयो कती ।

बागमतीको कञ्चन पानी, शिवजीको साथी,
अंजुली र अर्घले, जल चढाइयो कती ।
एकादशी, शिवरात्री, पौडी खेल्ने साथी,
घरमा आउँथ्यो बोलाउन, जाउँन बागमती ।

विस्तारै यही बागमती, दुषित बन्दै गयो,
कञ्चन पानी ढल मिसाउँदा, प्रदुषित भयो ।
नुहाउँदा, खेल्दा, घाउ, खटीरा आउने भयो,
सफा पानी हेर्दा हेर्दे फोहोर बन्दै गयो ।

मृत्यू पछि सुताई दिने मुक्ती ढुङ्गामा,
यही पानीले जल दिँदा, कहाँ पुगिन्छ कहाँ ?
चौरासी जुँनी सम्म, घाउ खटीरा हुन्छ,
मृत्यू पछि पनी छिः छिः र दुर दुर बढ्छ ।
खोलाको दुबै तिर, ढल हाल्ने पो हो की ?
खोला मुनी, माथीबाट, निकास दिने हो की ?
सडक पेटी दायाँ, बाँया, मुनीबाट हो की ?
ठाँउ ठाँउमा सेफ्टी ट्याङ्की, बनाउने पो हो की ?

सरकारको मुख मात्र, ताक्न हुँदै हुन्न,
सामुहिक समस्या हो, एक्लै हुँदै हुन्न ।
गाँउ, घर, टोल सबैले, ढिला गर्न हुन्न ,
कति वस्ने चुप लागि, अब बस्नै हुन्न ।

बागमती, विष्णुमती कँही, फोहर मिस्नै हुन्न,
अपराधी कार्य यस्तो, गर्न छुट दिन हुन्न ।
हाम्रो पुस्ता खुबै रोयो, अर्काे रुनु हुन,
यहि ढलले गर्दा, ठूलो विपद् आउन हुन्न ।
बागमती सफा भइरहेछ, यसकै मुहानबाट ,
यही सफाइ अभियान, सहयोग सबबाट ।
निजामती, आर्मी, पुलिस अन्य संस्थाबाट,
तीन लाख मानीस गए, नछुटुन कहिँबाट ।

मूख्य सचिवको अध्यक्षतामा, बनेको टोली नयाँ,
जोस, जाँगर, सक्रियता, शैली रहेछ नयाँ ।
लाखौ जनता सफाइमा उत्रे, मिठो रहेछ बोली,
बिदेशी पाहुना, कलाकार, नेता, पुगे युवा टोली ।

सयौं हप्ता हाम्रो लागि, गर्व हुन्छ पक्का,
लाखौं मानीस बागमतीमा, फोहोर टिप्न जम्मा ।
सुन्दरीजलबाट सुन्दरीघाट, हुदैँन नी खाली,
२७ सै कि.मी साङ्लो बनी, बज्ने छनी ताली ।

७ खण्डमा विभाजन हुन्छ, छुट्नै हुन्न अब,
एकहत्तर चैत्र अठाइस, इतिहास बन्छ अब ।
४ लाख टन फोहोर झिकियो, बाँकी छ अझै,
३ लाख मानीस पुगे, तपाई जानुहोस आजै ।

सयांै हप्तामा बागमती, नुहाउन योग्य हुन्छ,
नभएका ठाउमा फेरी, सफा गर्नु पर्छ ।
वातावरण सफा हुन्छ, आयु हाम्रो बढ्छ,
औषधी र उपचारको, खर्च बचत हुन्छ ।

किन्नुहोस आजै १ जोर बुट, मास्क, पञ्जा,
फेरी फेरी प्रयोग हुन्छ, अन्य काम गर्दा ।
सयांै हप्ते बागमती, महाकुम्भमेला,
यस्तो सफाई महाअभियान नछुटाउनु होला ।

– ध्रुव प्रसाद गजुरेल

Click here- https://www.youtube.com/attribution_link?a=0Swsl5lEoLg&u=%2Fwatch%3Fv%3DCzEkfLmmlVs%26feature%3Dshare