रितिरीवाज कस्तो ?

 

जिल्ला घुम्दा देखिएको कहाली लाग्दो संस्कार ,
हुने खाने, जागीरदारको ‍अचम्मको विचार ,
छोरी जन्मे त्यही गाँउमा कुपोषणको शिकार,
छोरा जन्मे भाग्यमानी शिक्षा स्वास्थ्य अवसर ।

धेरै युवा विदेशमा, जोश जागर अरबतिर,
बुढा-बुढी गाँउमा बस्छन् हुने खाने शहरतिर,
जग्गा जमिन बाँझै भए ध्यान गयो अन्तै तिर,
राम्रो अवसरको खोजी गर्दा बाँझो भयो गाँउ तिर ।

कमैया र हलिया प्रथा अर्ध जीवित नै भेटिन्छ,
जमिन्दार र मूखियाको रवैया नि देखिन्छ,
हुने खानेलाई यै देशमा माेज मस्ती देखिन्छ,
धेरैलाई त छाँकै टार्न मुस्किल पनि भेटिन्छ ।

दाइजो प्रथा झाङ्गीएर गएको नि देखियो,
छोरी पाउँदा नरमाइलो मानेको नी भेटियो,
छोरी जती मासिने र छोरा राख्ने भेटियो,
वर्षाै पछि छोरीहरु कम हुने नै देखियो ।

गरिव बस्ने गाँउमा नै, सक्ने गति सदरमुकाम,
खेति पाती बाझै वस्छ, भन्छन सामल किन्न जाँउ,
भाषण गर्छन ठुला ठुला समानताको नारामा,
मन भित्रै विभेद रहेछ उनको आफ्नै घरमा ।

गाँउमा स्कुल छोरीका लागि बनाइदिए जस्तो,
सवैले शिक्षा पाए त हुन्थ्यो यहाँको चलन कस्तो ?
शिक्षित वर्गमा, शिक्षामा ठुलै अभाव भए जस्तो
हाम्रो चलन, धर्म, संस्कृती ,रितिरीवाज कस्तो ?

– ध्रुव प्रसाद गजुरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>