नेपाल सम्झे मैले ।

धु्रव प्रसाद गजुरेल
तारकेश्वर न.पा. ८

वल्लझरें जहाजबाट अरबको भूमि
झट्ट मैले सम्झी हाली आपनै मतृभूमि ।
अग्ला भवन मरुभूमि हावा चल्दो रैछ
जमिन तातो, तातो हावामा हिड्नु पर्दाे रैछ ।।

ऋण तिर्न ऋणै काढी आइयो मरुभुमी
विवाह गरी मायालुलाई घरमै बस भनी ।
बुढी आमा भाई वहिनीलाई मिलि बस भनि
मिहिनेतको आटगरी आइयो मरु भूमी ।।

चुहिएको घरको छाना टाल्नु पर्छ भनी
खेतवारी साहुवाट फिर्ता गर्छु भनी।
ऋण तिरी सुखीजिवनजिउँनु पर्छ भनी
पिडा बोकी विदा मागी आइयो मरु भूमी ।।

यताउता हेर्दे जाँदा हिमाल सम्झे मैले
रंगीचङ्गी फूल गुराँस, छहरा सम्झे मैले ।
डाँडा पाखा डाँफे मूनाल जंगल सम्झे मैले
हराभरा तराईका फाटँ सम्झे मैले ।।

साथी–भाई, चाड– पवर्, दोहोरी सम्झे मैले
भीर पाखाको एेसेलु र चुत्रो सम्झे मैले ।
बनमाखाको काफल र माँया सम्झे मैले
जिवन भरी सँगै वाच्नेवाचा सम्झे मैल ।।

काम पनि निश्चीत छैन, दलाल सम्झे मैले
हावा हुरी, तातो पानी, नेपाल सम्झे मैले।
खाना पनि स्वाद छैन आँमा सम्झे मैले
आँखाबाट आँसु झार्दै माँया सम्झे मैले ।।

पहिलो दिनमा नै निर्दयी ब्यवहार सम्झे मैले
बोल्न पनि डर लाग्ने मानीस सम्झे मैले ।
निर्दोशमा जेल, नेल,फाँसी सम्झ मैले
अकालमा नेपाल गएका लास सम्झे मैले ।।

पशुपति, स्वयम्भू र बुद्ध सम्झे मैले
शान्ति क्षेत्र,कर्म क्षेत्र नेपाल सम्झे मैले ।।
दु:ख सम्झे, ऋण सम्झे माँयाँ सम्झे मैले
नेपालीको व्यवहार र नेपाल सम्झे मैले ।।

https://www.youtube.com/watch?v=5zK0-oHqfCo

नेपाल सम्झे उनले

माइतीमा दाउँरा घाँस काटी रहेको थिएँ ।
पानी घट्ट, ढिकी, जातो गरी रहेको थिएँ ।
जे पाकेनी मिठो मानी खाइरहेको थिएँ ।
विहान वेलुकी समयमा पढिरहेको थिएँ ।

माग्न आयौ सँगै वस्छ,ु सँगै पाल्छु भनी ,
सानी आमा, वा र मैले हुन्छ भने अनी ।
दाजु भाई सवले भने वेला भयो अव,
मेरी दिदि, मेरी वहिनी विवाह गरौ अव ।

सवको सल्लाह मान्नै पर्ने, विवाह गरे मैले,
एउटा घरमा जन्मे, हुर्के अर्काे घरमा अहिले ।
वुहारी, श्रीमती अनि अन्य नाता जोडें मैले,
असल परिवार दु्ःखी, घर पाएकी छ अ‍ैले ।

माइती जस्तै दुःख रहेछ कर्म व्यस्तै थियो,
विवाह गरी घरमा गइयो रमाइलो नै थियो ।
भावीले लेखि दिएको दाउँरा घाँस भनी,
घरको छाना चुहिने र ऋण रहेछ अनी ।

सँगै जान्थ्यौ घाँस, पात, वन, पाखा हामी,
एैसेलु, चूत्रो, काफल टिपी खान्थ्यौ हामी ।
चिप्लीएर लड्दा अर्काे दुःखी हुन्थ्यौ हामी,
माँया पिरतीमा रमाइला गफ गथ्र्याै हामी ।

विदेश जान्छु छाना टाल्न, ऋण पनी तिर्छु,
केहि वर्ष दुःख गरौ सुखी जिवन जिउछु ।
परिवार र तिमीलाई दुःख हुदै हुन्न,
यहि समाजमा वस्नु पर्छ पछि हट्न हुन्न ।

विवाह भएको महिना दिनमै यस्तो भयो कुरा,
कृषि सँग सहकार्यले हामं्रो इच्छा हुन्छ पुरा ।
पशुपालन, तरकारी खेति गरी ऋण तिरौ पुरा,
विदेश गइ दुःख गर्ने अव नगर्नुस न कुरा ।

तल्ला घरको साइलो पनि विदेश गाको रैछ,
जवानी र मौसमको केहि भर हुदो रैहिन्छ ।
साइलोको उतै घरजम साइली पोइल गइछ ,
वुढी आँमा वालवच्चाको घरमा विजोग रैछ ।

रातभरी वुझउनलाई खुवै कोशिस गरे मैले,
मनमा पिडा आँखावाट धेरै आँसु झारे मैले ।
समाज पनि राम्रो छैन कुरा काट्छन सवले,
यहि भुमिमा मिहिनेत गरी सुन फलाउ सवले ।

भन्दो रहेछ दलालले विदेश जाने कहिले ?
मिठो मिठो सपनामा पैसा दिएछन उनले ।
दुःख थिया,े ऋण थियो, पिडा थियो फेरि,
आँसु काढ्दै वाध्यताले मैले हु्न्छ भने फेरि ।

वुढी आमा भाई वहिनीलाई वुझाएछन उनले,
आँसु, पिडा भित्र राखी मनाएछन उनले ।
विदा गरेें मुटु मिचि आँसु झारें मैले,
आँसु झार्दै हात हल्लाउदै मुस्कान दिए उनले ।

फोन गरे अरव पुगी कुरा गरे मैले,
पहिलो शब्द उनले भने ‘‘नेपाल सम्झे मैले ’’
विदेशमा दुःख रहेछ म फर्कन्छु कहिले ?
पर्खि वस मेरी माँया काम खोज्दै छु अहिले ’’

ध्रुव प्रसाद गजुरेल

बन्न लागेको घर

बन्न लागेको घर

तीन तले घर हाम्रो नेपालीको सान
तराइ हाम्रो जग हो हिमाल हो छाना
वीचको तला पहाड मिल्छ दायाँ बायाँ
भाषा, धर्म, संस्कृतीको सबैले गर्छन् माया ।

हिमालमा हिँउ पर्दा छाना रसाउँदछ
वीचको तला मक्किएर ढुँसी पलाउँदछ
भईतलाभरी पानीले जमिन डुबाउँदछ
त्यही डुबानले कयौंलाई भोकै बनाउँदछ ।।

नयाँ नेपाल नयाँ सोच सबले लिनुपर्छ
जगैबाट माथिसम्म गाह्रो मिल्नुपर्छ
सामथ्र्य र पहिचानलाई सबले बुझ्नुपर्छ
खर झिकी अब हामीले ढलान दिनुपर्छ ।।।

पूरानो भयो कच्ची घर लड्न पनी सक्छ
सबै भाइ मिले मात्र नयाँ बन्न सक्छ
तेरो मेरो भन्न लागे वर्षा आउन सक्छ
त्यही बाढीले सबैलाई बगाइदिन सक्छ ।।।।

प्लाष्टिक मुक्त देश नेपाल घोषणा गरौ ।

प्लाष्टिक मुक्त देश नेपाल घोषणा गरौ ।

एक पाउ देखि हजारौ केजी सम्म
हिमाल-पहाड हुँदै तराई सम्म
पानी नछिर्ने सजिलो प्लाष्टिक झोला
क्यान्सर बनेर डस्दैछ होस गर्नुहोला ।

गल्दैन कुहिँदैन मल पनि दिदैन
जमीन बिगारी दिन्छ फल पनि दिदैन
धारा, ईनार-कुँवामा पानी आउँन दिदैन
सत्रुनै हो प्लाष्टिक प्रयोग गर्नुनै हुँदैन ।

वातारण स्वास्थ्य सबैतिर प्रदुषण
बाल्दा नी प्रदुण फाल्दा नी प्रदुषण
प्रयोग गर्ने नगर्ने सबैलाई प्रदुषण
सयौं वर्ष गल्दैन झन-झन प्रदुषण ।

सफा, स्वस्थ्य, सुन्दर, हराभरा
बनाउने हामी सबैको अभिभारा
प्लाष्टिक प्रयोग नगर्ने कसम खाउँ
हामी सबैले वातावरण सफा बनाउँ ।

उत्पादन कम्पनिले विकल्प खोजौं
वार्ता र सहमतीमा बाटो अर्को रोजौं
देश र जनताको लागि सहयोग गरौं
प्लाष्टिक मुक्त देश नेपाल घोषणा गरौं ।

नयाँ वर्षको शुभकामना: नयाँ वर्ष तिमी ….

नयाँ वर्षको शुभकामना: नयाँ वर्ष तिमी ….

अध्यारो हावा, हुरी पत्थर छेडेर आउ
असहजतालाई तोड्दै उज्यालो छर्दै आउ
नयाँ वर्ष, नयाँ दिन, शुभकामको सोचाइमा
स्वागत छ तिमीलाई दिन्छु शुभकामना

किसानको वालीमा असिना नझार्ने गरी आउ
बाढी पहिरो, भोकमरी, खडेरी नपार्ने गरी आउ
वायू प्रदुषण, दुर्गन्ध, रोग आदि छाडेर आउ
शुभकामना छ, विगत नदोहोरिने गरेर आउ

वशन्त ऋतुमा कोइलीको गीत गाउँदै आउ
फलफूल बोट विरुवाका पालुवा भएर आउ
गहुँ भित्र्याइ मकै छर्ने समय भएर आउ
धानको वीउ राखी असारे गाउनलाई आउ

सम्पूर्ण नेपालीको साझा भावना भएर आउ
संविधान सभा, सहमती र एकता भएर आउ
नयाँ नेपाल, नयाँ जाँगर र विश्वास भएर आउ
शुभकामना छ, नयाँ सविधान लिएर आउ