अपुरो मायाँ ……

उनको अनुहारमा मेरो मन , कसरी डुव्न पुग्यो ?
मिहिनेत, अनि प्रस्ताव विना, माया बस्न पुग्यो ।
सामान्य जस्तै देखिएकीले कुरा गरिहाले
सगै वसी फोटो खिच्न मन्जुर गरी हालीन ।।
साथीहरु के भन्छन त? सोधेको थिइन उनले,
डर, भर मलाइै छैन, भनेको थिइन उनले ।
मेरो दिमाग खुवै सगँ घुमाएको थिइन ,
के गरौ ? कसो गरौ ? भन्ने बनाएकी थिइन ।।
अरुले जे भने पनि, मतलव छैन अरे,
छताछुल्ल माया पनि, बग्न हुदैन अरे ।
मेरा कुरा बुझीकन, मौन बसेकी रे
चोखो माया पाउने हुदा, खुसी भएकी रे ।।
सिमापारी भिडमा पनि, एक्लाएकी थिइन
मायाँको चिनो लिदै, हात मिलाएकी थिइन ।
आखा बाटै आशु झरे, मुख नै हेरिन मैले,
पिडा सहदै हात समाई अघि वढाइ मैले ।।
उनकै गाउमा भेट्न आउन प्रस्ताव गरीन उनले,
मेरो प्रस्तावमा पहिला भेटन , स्वीकार गरीन उनले ।।
आँखैबाट आत्मीयता, साटेका थियौ हामीले
जिवनभर माया गास्न, सोचेका थियौ हामीले ।।
मौसमी र जवानीको, भर हुन्न भन्छन !
मायाँ पनि भेट नहुदा, सुक्दै जान्छ भन्छन ।
यस्ता यस्तै कुरा सोच्दा सोच्दै टोलाएछु म त,
शरीर भित्रै्र ज्वरो पसी बहुलाएछु म त ।।
उनको बाध्यता विवशता र भविष्यले होला ,
उनी डराइन र लुकाइन, मायालाई मुटुको छेउमा ।
शायद अव कहिल्यै पनि भेट नहुने गरी ,
सिमा पारीको माया हो भन्दै, मन बुझाउने गरी ।।
क्रमश……………..
–ध्रुव गजुरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>