देशको मानचित्रलाई चिर स्थाइत्व दिन
उठौं यूवा यो देशलाई चाँडै निकास दिन
यूवा उठे पहाड ढल्छ सम्म बनाइ दिन
रगत पनि पेट्रोल बनी बल्छ दन दन ।
चन्द्र सूर्य झण्डा हाम्रो शीरमा फहराउँदै
मेची-काली परै सम्म जाउन सब आजै
सेर्पा, भोटे, बाह्मण, क्षेत्री, मधेशी, थारु सबै
देश रहे म, तिमि, हामी रहन सक्छौं सबै ।।
शल्कीएको आगो हो झनै सल्कन सक्छ
घर गाँउ टोल बजार सब सकिन सक्छ
जातीयता द्वन्द र हिंसा भडकन सक्छ
त्यै हिंसाले कोही पनि नरहन नी सक्छ ।।।
यो देशलाई छिटो दिन औषधी र मलम
शल्कीएको आगोलाई मत्थर बनाइ दिन
जातियता, सदभाव र सिमा मिलाई दिन
उठौं यूवा देशलाई निकास दिलाई दिन ।।।
ध्रुव प्रसाद गजुरेल