मेरो पहाड, मेरो हिमाल, मेरो हो तराइ
भावनामा बग्नै हुन्न, सम्झी त्यसै पराइ
सत्य, तथ्य, यथfर्तथा बुझ्नै पर्छ पैले
मेची देखी काली सम्म, नेपाली हो पैले
अधिकार माग्दा खेरी, कोही पनी नमरुन
मेरो चाही बाह्रै टक्का, भन्ने पनी नगरुन
आफूले माग्दा, अरुलाइ नोक्सान पार्न हुन्न
मधेश वा पहाडीया, छुट्याउन हुदै हुन्न
तराइवासी रुदा खेरी, पहाड हास्न हुन्न
किन रुन्छन बुझ्नै पर्छ, त्यसै वस्न हुन्न
हिमाल पहाड रुदा खेरी, तराइ सुत्नै हुन्न
सवका पिडा एकै हुन्छन, भुल्नै हुदै हुन्न
तेल भरेर उडेको जहाज हो, तराइ आन्दोलन
फाइलट र टावरले राम्रोसँग, सम्पर्क गरुन
दुर्घटना अगावै, सुरक्षीत अवतरण गराउन
तेल सकिनु पुर्व नै, त्याग र मेहिनेत गरुन
वार्ता सहमती र मेलमिलाप छिटो गरुन
हाम्रो कमजोरीमा, अरुले अधिकार नहरुन
विदेशी सामु कहिल्यै, पनि घुडा टेक्न हुन्न
नेपाल र नेपालीको स्वभीमान, झुक्नै हुन्न
ध्रुव प्रसाद गजुरेल