१० वर्षको गर्भिणी नेपालको संविधान
जन्मनु भन्दा अगाडि नै विरामी पर्याछ
डाक्टर र बैद्धको झगडाले घिटि-घिटिमा छ
बाच्ने वा मर्ने दोधारमा संविधान पर्याछ ।
संविधान गरिवको च्यातिएको खोल जस्तो
तल छोपे माथि नाँङ्गो माथि छोपे तल
बीचमा पनि प्वालै-प्वाल कस्ता रहेछन् दल
तै पनि जारी गर्न-नगर्न भैरहेछ ठूलो बल ।।
विधि? प्रक्रिया? सहमती? सर्व सम्मत भन्दैमा
देशले संविधान पाउन ढिला भो
जसरी संविधान जारी गरिएता पनि
चित्त नबुझ्नेले सडकमा जलाउने भो ।।। क्रमश………………….
–ध्रुव प्रसाद गजुरेल