सविधानसभाबाट संविधान बन्दै गर्दा
समर्थन र विरोधका नाराहरु गुन्जेका छन
देश बन्दै–बन्दको चपेटामा फसेको छ
आ–आफ्नै मागहरु सडकमा छरिएका छन
बन्दै–बन्द अनि हिंसा र कफ्युले गर्दा
चुलो बाल्नै छाडेर जनता सडकमा छन
आ–आफ्नै अधिकार र पहिचानको लागि
माग्ने वेला र अवसर हो पाउनका लागि
कालापानी, सुस्ता र लिपुलेकले शहिद खोजेका छन
अमूल्य मोलमा शहिद बन्दैन कोही
आफ्नै देशको सीमा, जात र धर्मको लागि
देश भित्र नै मूल्य तोकेर मर्दछन् कोही
शान्तिपूर्ण आन्दोलन गर्ने मसी सुक्न नपाउदै
बन्चरो र भालाले प्रहरीहरु मारीएका छन
जातियता, धार्मीक सदभावका विरुद्धमा
नाराजुलुसहरु घन्किरहेका छन ।
पुलिस पहाडीया मघेसी जो मारिए पनि
आफ्नै आमाका सन्तान मरिरहेका छन्
सवैले सम्यमीत होउ कयौ कोख रीतिएका छन
यस्तो चाला देखेर नेपाल आमा रोइरहेकी छीन