मलाई मेरो भाषा, धर्म, बंश प्यारो छ,
कृष्ण, अल्लाह, क्राइष्ट, बुद्ध सबै प्यारो छ,
हिन्दु, मूस्लीम, क्रिष्चियन, बुद्ध जो भए नी,
संस्कृति र रितिरीवाजमा नेपाल प्यारो छ ।
हिमाल, पहाड, तराई विविधताको देश प्यारो छ,
सुनाखरी, गुराँस, अनेक फूल प्यारो छ,
जन्मन्छन्, हुर्कन्छन सबैलाई देश प्यारो छ,
राष्ट्रियता गौरव सबको, नेपाल प्यारो छ ।।
देश विरामी पर्दा सबैलाई दुख्छ, नेपाल प्यारो छ,
अशान्ती होइन, शान्ती र सदभाव फैलाउन पर्याछ,
सबै जात, भाषा, धर्म, समान यहि देश प्यारो छ,
छातीमा हात राखी, आत्माले भन्दा नेपाल प्यारो छ ।।।
–ध्रुव प्रसाद गजुरेल