महाभुकम्पको सम्झना

2072/01/12 बैशाक विहान 10 वजे पाखो वारी जहाँबाट काठमाडौ नुवाकोटको ‌ओखरपौवा कुमारी चाउथे राम्रो सँग देखिन्छ । जुन ठाउँमा हामीहरुको वारी छ त्यहा हामीहरु केटाकेटी छँदा हेलिकप्टर अवतरण गर्ने वेलामा हेर्नेको लागी जाने गर्दथ्यौ । उक्त वारी भन्दा केहि पर हाल संचालनमा आएको View tower पनि छ ।10 वजेको थियो खेतला मकै रोप्नको लागि आइ सकेका थिए । त्यस दिन विहान घर सल्लाह अनुसार खाजा 2 पटक खाने निर्णय गरी हामी वारीमा गएका थिर्यौ 10:30 वजे उसीनेको आलु र 3 बजे खाजा खाने निधो भएको थियो । गाइवस्तुको मल पाज्ने काम पनि त्यसै दिन परेको हुनाले काम शुरु गर्न खेलताहरु लागिसकेका थिए ।11 बजे मात्र खाल्डा पार्ने काम शुरु भयो । view Tower मा अवलोकन गर्न जाने र आउने वरोवर जस्तै थिए वाटैको पाटोमा भएको हुनाले अरुले सोधेको प्रश्न उत्तर दिदैमा मलाई ठीक थियो । view Tower पुग्न कति छ ? यहाँबाट काँहा पुगिन्छ ? आदी ।
काम अघि बढिरहेको थियो हामिहरु बाटैमा रहेको पानी ट्याङ्की र त्यसको वारेमा कुरा गर्दै थियौ । खेतलाहरुले पनि शिरानको सानो पाटोको काम सकि पानी ट्याङ्की भएको पाटो बाट नै शुरु गर्ने कुरा भए अनुसार म ट्याङ्की नजिकै आए । 11:00 वजेको थियो पहिलो लडको खाजा आलु उसिनेको लिएर इन्दिरा कान्छी छोरी र आकृती वारीमा आइपुगे नत्र उनीहरु त्यस समयमा flame हेरेर बस्थे धन्न भुकम्पबाट बचे। संयोग घरमा ठुली छोरी मात्र भएकीले उ पनि एक्लै TV नहेरी कौसीमा लुगा धुन लागीछ । समय अन्दाजी 11:56 वजेको थियो। खाजाको रुपमा आएको उसिनेको एउटा आलु मैले खाइ सक्दा छोरीहरु ट्याङ्कीको पिलरमा लुकामारी खेल्दै थिए । ठिक त्यस वेला पृथ्वी कम्पाएमान गर्दै जमिन हल्लिन थाल्यो हेर्दा हेर्दै राजपुर डाडामा रहेको भुवनेश्वरी मन्दिर जहाँ हामी सवैको पसिना वगेको छ । हाम्रा अन्तसकरणका ढुकढुकी श्याम वावाको प्रत्यक्ष निर्देशनमा तयार पारिएको उक्त मन्दिर लड्यो मेरो मनमा भक्कानो फुट्यो हेर्दा हेर्दै कोट खड्वाल धर्मस्थली चोगाउ आफ्नो गाँउ घर लडेर धुलो उडेको मात्र देखिन थाल्यो जुन वेला म आफ्नी श्रीमती सँगै सवै घरहरु भत्केको कुरा गरीरहेको थिए ।भुकम्प गइरहेको थियो । घर टहरा हरु लडी रहेका थियो धुलो उडीरहेको थियो । पृथ्वी मातीएर हल्लीरहेको थियो
खेतलाहरु भागा भाग गर्न थाले मेरी श्रीमती घरकी जेठी छोरीलाइ संझदै रुदै झर्न थालीन हामीहरु सवै तलतिर झर्यौ । मेरी छोरीहरु लुकामारी गर्दै गरेको ट्याङ्कीको पिलर ढली सकेको थियो उनिहरु कता गएछन । मलाइ थहा भएन । दौडदै हामीहरु घरमा आइपुग्दा घर लडी सकेको थियो गाईहरु पुरिइ सकेका थिए जेठी छोरी संगीता पहिलो तलाको कोठामा भुकम्प सँगै यता र उता गर्दै समय विताईछ जव भुकम्पको धक्का कम भयो तव मात्र तल झरिछ ।धन्न उसलाई केहि भएन । त्यसै वेला पल्लो डाडाबाट भिमसेन घिमिरेले ध्रुव ध्रुव नाती घर भित्र पर्यो बचाउ बचाउ बचाउ गर्दै कराएको रोएको देखि म तुरुन्तै त्यतै तिर लागे आफ्नो गाईको उद्धार गर्न छाडेर जव म भत्कीएको घरमा पुगे घर त सम्म भै सकेको थियो । उनको नाती निरज अत्तोपत्तो थिएन तै पनि मैले निरज रु निरज रु भनेर वोलाउदा कुनै ठाँउमा हजुर भन्ने आवाज आयो त्यसै आवाजलाइ एकीन गरी ढुङ्गा माटो फाल्ने काम गरीयो संयोग सोचेको ठाँउमा नभेटेएकोले पुन वोलाउदा वोल्न नसकी अत्तीएर रोएको आवाजलाइ पछ्यादै जुन ठाँउमा हुन सक्छ भनि अनुमान गरेको थिए त्यसै ठाँउमा पन्छाउदै जादा एउटा कपडा जस्तो चिज भेटियो । कपडा भनेको टाउको पो रहेछ धुलोले गर्दा कपाल कपडा जस्तो भएछ । जव टाउँको भन्ने ठानेर तानी निरज भन्दा उस्ले हजुर भन्दा ज्यादै खुसी लाग्यो त्यस वेला सम्म उस्को शरिर पुरीराखेको थिए अरु साथीहरुले माटो फाल्दा मैले निहुरीएर मेरै छातीमा उस्लाइ राखिरहे अन्तमा उस्लाइ झिकियो। जुन वेला मलाइ कति आनन्द अनुभती भयो म व्यक्त गर्न सक्दिन । म सन्दछु आज पनि उसलाइ अरुले तलाई कसले वचायो ? भन्दा उस्ले ध्रुव सरले भन्छ रे सानो नै भए पनि मैले वैशाख 12 गतेको भुकम्पमा कमाएको कहिल्यै नमार्ने शब्द हो । उस्लाई उद्धार गरिसकेपछि मात्र मलाई लुम्विनी मेडिकल कलेजमा MBBS अध्यनरत छोराको सम्झना आयो । फोन सम्पर्क हुननसकेको कारणले मेसेज पठाएर ठिक छु भन्ने काम भयो । घरमा आउदा एउटा गाई मरी सकेको रहेछ र अर्को जिउदै, म मेरा दाजुभाइहरु भएर बाचेको गाईलाई अन्य छिमेकीको खाली बारीको पाटोमा किलो ठोकी बाधेर केहि घन्टा पछी दाजुभाई मिलेर मरेको गाईलाइ निकाली खाडल खनेर गाड्ने काम गरीयो । यसरी एउटा निर्दोष गाईको ज्यान गयो । यो त एउटा संकेत मात्र थियो उता चोगाउ र गोलढुङ्गाको कुमलटारमा मरेका मानिस र गाइवस्तु समेत निकाल्न सकिरहेको अवस्था थिएन देशभरको अवस्था यस्तै थियो रातीपाल बटुलेर खुला आकाशमुनी भुकम्पका झट्का सँगै विताइयो ।
13 गते विहान म चोगाउ धर्मस्थली र वढी नोक्सान भएको गोलढुङ्गको कुमालटार भन्ने ठाँउमा गएँ । जहाँ पुगेपछि मेरा आँखाले आँसु थाम्न सकेन जुन गाउँ नै भग्नाविशेषमा परिणत भएको रहेछ । कोलाहल रुवावासी भैईरहेको रहेछ । अरु सँग मिलेर केहि समय काठपात पन्छाउने काम गरीयो । भुकम्पका 100 औ धक्काहरु आइरहेका थिए मलाइ वाइक चलाउन डर लगीरहेको थियो जमिन कामीरहेको थियो ।
तस्रो दिन पाटन र काठमाडौका विभिन्न ‌ऐतिहासिक ठाँउमा पुगेर उद्धार कार्यमा सम्लग्न भईयो । मेरो बाँकी रहेको घर हल्लिदा दायाँवायाँलाइ डर भैरहेको थियो उक्त घर पनि चर्किसकेको थियो । नगरकोटमा मेरी फुपुदिदि घर लडेर मृत्यु भएको खवर आउदा समेत त्यहाँ सम्म पुग्न सक्ने अवस्था आउन सकेको थिएन वल्ल सात दिनका दिनमा मात्र त्यहाँ सम्म जाने अवस्था वनेको थियो त्यसै दिन नै भक्तपुर र काभ्रेका केहि भाग निरीक्षण गर्ने मौका मिलेको थियो । भक्तपुरका भित्रि भागमा डोजर र क्रेनले भग्नाविशेष हटाइ रहेका थिए स्थिति ज्यादै दुख लाग्दो थियो । त्यस्तै काभ्रेमा साँगा देखि नै भत्केका दृश्यहरु देखिएका थिए । मेरो त्यो यात्रा बाटो बन्दका कारण धेरै पर सम्म जान सकेन । त्यस पछि फर्किएर धानकोट, वाड भज्याङ्ग र नैकापमा वहिनी र छोरीको घरमा पुगी रात्री वासको लागी त्रिपाल मुनी जम्मा भयो । यसरी नै भुकम्पका दिन विते भुकम्प आइ रह्यो । पृथ्वी हल्लीरह्यो मानिसहरु डराइ रहे ज्ञघ दिनको लेख
यसरी दिन वित्दै गए भुकम्पका पराकम्पन भन्दै चित्त वुझाउदै वसियो वैशाख 29 गते दिउसो ठुलो आयो । बाकी घरहरु फेरि लडे फेरि धेरै मानीसहरु मरे आफू बजारमा भएको कारणले कोलाहल देखियो । वास तेर्साएर अड्याएका घरहर फेरि लड्न थाले ज्यादै दुखदाइ अवस्था हेर्नपर्यो , मैले पहिलाको जसरी नै घर परिवार श्रीमती छोराछोरीहरुलाइ सम्पर्क गरी सवैलाइ केहि नभएको थाहा पाएपछि फेरी नातागोताहरुलाइ सम्पर्क गरे कोहि घाइते भएको कोहीको खुट्टामा भाचिएको खवर थाहा भयो । नयाँबजारमा लडेको ठुलो घरले ज्ञट खुट्टे बाट बाटो बन्द भएको थियो । त्यहाँ आर्मी पुलिस क्रेन डोजर प्रयोग गरी उद्धार र पन्छाउने कार्य भैरहेको थियो । मोवाइलबाट केही फोटा लिएर फर्के त्यस पछी गोगंवु पुगे त्यहाँ पनि दुखदाइ तरीकाले लडेका घर अचम्म लाग्दछ ।घरका चार तला नै एकै ठाउमा चाङ लगाएर राखे झै लडेका छन ढलेका छन । सवै दृश्य हेरेर साँझ घरमा पुगी त्यही पाल मुनी BBC and FM सुन्दै गर्दा कुन वेला निद्रा लागेछ पतै भएन ।
भुकम्प पछिका केहि दिनहरुमा खेतलाहरु डाकी लडेको घर पन्छाउने काम गरीयो । र अरुको भैm बाँस गाडेर जस्ताले छाइ वासको टहरो (कटेज) बनाई आफ्नो र आफ्नो परिवरको टाउको लुकाउने ठाउँ बनाइयो । जहाँ आज र भोलीका समय विताइने छ । सवै छिमिकीहरुले व्याड राखी सकेको हुनाले जेठ २६ गते विहान २ जान सहयोगी लिएर जव म खेतमा पुगें खेत विचबाट फाटेको रहेछ । भोली बर्षामा त्यहीबाट पानी छिरेर पक्कै पनि विनाश गर्दछ । त्यसरी नै कयौ गाँउ वस्ती फाटेको छ ।
भुकम्प पछि म र मेरा साथीहरु अन्य धेरै ठाउमा उद्धारको लागी पुगेका थियौ । ति मध्ये साँखुको एउटा अग्लो पुरानो घरको सम्झना आँउद छ । उक्त घरको तेस्रो तलामा समान निकाल्न भनेर देवराज गौली माथी चढ्नु भयो । अरु साथीहरु घर भत्की थिच्ने डरले कता जानु भयो कता ? म चाही माथी चढ्नेलाउदै माथिसम्म पुगे । हामीले समानहरु निकाल्न नसक्ने देखेपछि तल झरी प्रहरीको टोलीलाई अनुरोध गर्दै । अन्य तिरको उद्धर कार्यमा लागियो । अर्का महत्वपूर्ण कुरा बज्रजोगीनी मन्दिरको संकटकालीन घण्ट भुइमा झरेर दुःखीत भइरहेको देख्दा हामीलाई पनि निक्को दुःख लाग्यो । उक्त मन्दिरको वरिपरि पनि भुकम्पले चर्किएको देखिन्छ । त्यसपछि शालीनदी हुदै हामीहरु काठमाडौको मुक्तीनाथ भनेर चिनिने ठाँउ जहाँ शलिकराम समेत भेटिएर चर्चामा आएको थियो । त्यहा पुगी त्यहाको पुजारीसँग कुरा गरी शालीकरामको दर्शन गरी खोलापरी भक्तपुरमा पर्ने मुक्तीनाथ धाम तिर लागी अवलोकन गरीयो । उक्त मन्दिरमा आमाको आग्रहमा प्रसाद (भात, फर्सीको तरकारी, दाल ) खाइ त्यहाको मन्दिरको अवलोकन गरी मुक्तीनाथ बाबासँग केहि समय भलाकुसारी गरी उहाँबाट प्रसाद स्वरुप प्रदान गर्नु भएको एक एक ओटा नरिवल लिएर म र साथी देवराज गौली आलापोट मात्र आइपुगेका थियौ । ठुलो पानी परेर नराम्रो सँग भिजिएको ताजा सम्झना सधै रहिरहने छ ।
विश्वको ठुला भुकम्पहरु नौ रेक्टर स्केलभन्दा माथीका भुकम्प
1960 चिलि 9.5 रे. स्केल
1964 आलास्का 9.2 रे.स्केल
2004 इन्डोनेसीया 9.1 रे.स्केल
नेपालमा सात रेक्टर स्केलभन्दा माथीका भुकम्प
1218 – 7.7 1990 – 8.5 2072/1/12 – 7.9
२०७२/३/१० गते काठमाडौमा सम्पन्न भएको दाता सम्मेलनमा सरकारले गरेको प्रतिवध्तता कसरी पुरा गर्न सकिन्छ र दाता राष्ट्रबाट प्राप्त सहयोगलाई कसरी निश्पक्ष ढङ्गबाट वितरण, सहयोग र पुन निर्माणमा खर्च गर्न सकिन्छ र त्यसलाइ कसरी पारदर्शी बनाउन सकिन्छ । त्यो नै सबभन्दा महत्वपूर्ण कुरा हुन आउछ । त्यसलाई हेरेर मात्रै उनीहरुले सहयोग बढाउने, घटाउने वा रोक्ने निर्णय गर्दछन । हाल सम्म प्रतिवध्यता गरीएका सहयोगहरु ( हालसम्म पाँच अर्वभन्दा बढि सहयोग गर्नेहरु)
भारत – १ खर्व अमेरिका – १३ अर्व विश्व वैङ्क – ५० अर्व
चीन – ७७ अर्व वेलायत – ११ अर्व युरोपियन युनियन – ११ अर्वजापान – २६ अर्व एडीवी – ६० अर्व अन्तराष्ट्रिय मुद्रा कोष –५ अर्व
ध्रव प्रसाद गजुरेल
तारकेश्वर नगरपालिका 8

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>