वीस बर्ष अगाडिको डायरीबाट (Valentine special)
माया गर्न सोध्न पर्दैन, साथी आफै वस्छ माया,
रिसाउँदा झनै लाग्छ माया, खुसाउँदा नी माया ।
गाली गदै जाउँ साथी, भनझन वढछ् मायाँ
शव्दले त रेटी सक्यौ , ढुङ्गा हान्दा लाग्छ मायाँ ।।
मायाँ पवित्र गगाँ हो, भर्न तौलन सकिदैन,
कसले कति गर्छ त मायाँ, देख्न पनि सकिदैन्न ।
कठोरै मिहिनेत गर, मायाँ पाउन पनि सकिदैन ,
माया लाउँ मलाई भनि , लाउन पनि सकिदैन ।।
तिमी नवोलेर साथी, मायाँ मेटाउननी सकिदैन,
छाती खोलेर साथी, मायाँ देखाउनी सकिदैन ।
भेटै नहोस जुनी जुनी, मायाँ मार्न सकिदैन,
अपुरो मायाँ साथी, कहिल्लै विर्सन नी सकिदैन ।।
–ध्रुव गजुरेल