संविधानसभाबाट संविधान बन्दैन की
राष्ट्रिय अन्तराष्ट्रिय शंका हटेको छ
जाती जातीएताको चर्का नाराहरु पनि
नेपाली जनताको मस्तिकबाट हटेको छ ।
शुभकामनै शुभकामना संविधानसभालाई
आफ्नै काम कर्तव्यमा अहोरात जुटेको छ
पाटीगत स्वार्थ भन्दा नेता माथी उठेमा
नहुने के रहेछ र ? नेपालमा नै देखिएको छ ।
सवैको आ-आफ्नै अडानहरुले गर्दा
सहमतिको दस्तावेज संविधान बनेको छ ।
नमिलेका कुराहरु मिलाउन सकिनेले गर्दा
यो नेपालको संविधान सवैको साझा बनेको छ ।
सम्पूर्ण नेपालीहरुले एक पटक जितेका छन
हिमाल, पहाड, तराइ सवै जुटेका छन
नचुडीने एउटै माला बुन्नका लागी
हातेमालो गर्दै अगाडी बढेका छन ।
असोज 3 गते आउन टाढा नभए पनि
शुभकामनाहरुको ओहिरो लगेका छन
देश, जनता र सवैले जित्ने संविधानको
विधिवत घोषणा र स्वागतमा आतुर छन ।