१९९० को महाभुकम्पको पिडालाई गर्भमै राखेर
काठमाडौमा महानायक भएर उभिएको छ धरहरा
उपत्यकाको सम्पुर्ण दृश्यहरुलाई आफैले कैद गर्दै
सम्मपूर्ण नेपालीहरुको धुकधुकी बनेको छ धरहरा ।।
माथिल्लो बरण्डाबाट सम्पूर्ण उपत्यका नियाल्दा
हिमाल र वरिपरिको रमाइला दृश्यहरुमा रमाउदा
पृथ्वीलाई अन्तरिक्षबाट नियालेको जस्तो लाग्यो ,
१९९० अगाडी घर आँगन नै देखिन्थ्यो जस्तो लाग्यो ।।
धुवा–धुलो , जाम , भिडभाड र अव्यवस्थीत फोहोरहरु
हराभरा, सिंगापुर बनाउने जस्ता खोक्रा नाराहरु
मापदण्ड विपरित बनेका ठुला घर र सरंचनाहरु
कसरी थेग्ला ? काठमाडौंले ति आउदा दिनहरु ।।
विश्व सम्पदा सुचीमा , हाम्रो पहिचान हो धरहरा
पवित्र भुमिका झुट खेती मौलाउनै दिदैन धरहरा
हत्या, हिंसा र बलत्कारको साक्षी छ धरहरा
सम्पुर्ण पोल खोल्दै्र एक दिन वोल्ने छ धरहरा ।।
तर ……………
२०७२ वैशाख १२ गतेको विनासकारी भुकम्पले
हाम्रा सम्पुर्ण सपनाहरु आज आझेलमा परेका छन्
एकलव्वे झै उभिएको धरहरा र सम्पुर्ण सम्पदाहरु
सम्हालनै नसकिने गरि क्षण भरमै भुमीमा झरेका छन् ।।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८