बसन्तपुरमा रंगी विरंगी चिर गाडेर,
राष्ट्रिय पर्वका रुपमा होली वोलाउदा ।
अनेकतामा एकताको सन्देश दिएर,
देश नै रंगमय वन्दैछ आपसमा रमाउदा ।
हिरण्यकश्यपले सत्यवादी प्रल्हाद मार्नलाई,
आगोले जल्नै नसक्ने वहिनी होलीकालाई ।
छोरा लिई आगोमा वस्न आदेश दिदाँ,
होलीका नै भष्म भइ प्रल्हाद जिवित रहदा ।
सत्यमाथी असत्यको सधै हार हुन्छ भन्दै,
बाजा, नाच, गाँनको साथै मनाउँछन होली ।
मिठो, चोखो खादै परिवारहरु जम्मा हुदै,
प्रत्येक बर्ष फागु पूर्णीमा मनाउछन होली ।
सवैको राम्रो हुन्छ समझदारीमा होली मनाउदा,
इच्छा विपरित रंग कसैलाइ पनि नलगाउदा ।
समझदारीमा नै राष्ट्रिय पर्व मनाउनलाई,
शुभकामना छ यस बर्षको फागु पूर्णीमालाई ।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८