म महात्मा गान्धी र गौतम बुद्धको देशबाट आएको छु
विश्वकै सम्मानीत संस्थामा, झुटो वोलेका छन मोदीले
ऋषी मूनी भएर, संविधान लेख्नुहोस भनेका थिए,
90% ले लेखेको संविधान, स्वीकार गरेनन मोदीले
विश्वमा नै प्रजातान्त्रीक देश हूँ, भन्नेलाई निहुराउदै
63% को संविधानलाइ, 90% ले दिएको झट्काले
प्रजातान्त्रीक र लोकप्रीय शब्द नेपालले तान्दा
अशैय भइ, अवान्चित गतीविधी गरेका छन मोदीले
नेपालको आन्तरिक मामिलामा, हस्तक्षेप गरेका छन
इन्धन, अत्यावश्यक सामान र औषधी बन्द गरेका छन
अन्ताराष्ट्रिय मान्यता र मानव अधिकारको धज्जी उडाउदै
नेपालको अस्पताल नै, चिहान बनाएका छन मोदीले ।
2072/1/12 गतेको महाविनाशकारी भूकम्पको घाउमा
विश्वले मलम पट्टी लगाउदा, भारतले नून चुक छरेको छ
अनुकुल समय ठानी नेपाल फुटाउने रणानीती बन्दै
विषालु गोमन साँपको जसरी, डसेका छन मोदीले
भारतीय भूमिमा कसरी, नेपालीले धर्ना दिन सक्छ ?
विदेशी भूमिबाट सार्वभौम राष्ट्रलाइ ढुङ्गा हान्न मिल्छ ?
विश्व व्यापार संगठन, साप्टा र विमिस्टेकमा नियम के छ ?
आफू भन्दा साना र कमजोर देशलाई भारतले पेलेको छ ।
फेसवुकमा जुगर वर्ग सँग, आफ्नै जिवनीको विलौना गर्दै
अघोषीत नाका बन्दी गर्दै, नेपाली जनता मारेका छन
उनकै देशवाट, ढुङ्गा-मुडा र गुलेली हानेका छन
अघोषित युद्ध छेडी, रमिता हेरेका छन मोदीले
जलस्रोतको अपार धनी नेपाल देखेका छन मोदीले
8300 मेघावट विजुली उत्पादन क्षमताबाट आत्तिदै
भविव्यमा नेपाल सामु नझुकी हुदैन भन्ने डरले
जलस्रोत सन्धी सम्झौता गराउन खोजेका हुन मोदीले
सोच्नै पर्दछ राजनितिक दलले भविव्यको लागी अव
भारत सँग मात्र व्यापार गर्दा कस्तो रहेछ फल
चिन र अन्य छिमेकी सँग कारोवार नगरी हुन्न
झुक्नै हुन्न भारत सँग फेरी गर्छ नाकाबन्द
ध्रुव प्रसाद गजुरेल