आज .. गते बाट नाकाबन्दि खुल्ने भएको छ
एक पटक नेपालको अनुहार हाँसेको छ
कम्तिमा ग्यास, इन्धन औषधी पाइयो भनेर
चाड पर्वको मुखमा नाकाबन्दी खुल्यो भनेर ।।
पिडा भित्र राखेर एक पटक हास्न परेको छ
बहिर हाँसेर पनि नेपालीले रुन परेको छ
राजनीतिक दल, बुद्धिजीवीहरुले सोच्न परेको छ
वैकल्पीक उपाएहरु के के छन खोज्नु परेको छ ।।
जलवायु र कृषिमा लगानी गरी अगाडी बढ्नु पर्छ
बद्युतीय रेलवे र सुरुङ्ग मार्गहरु बन्नु पर्छ
चीनबाट पनि ठुला ठुला नाका बन्नु पर्दछ
ठुला ठुला विमान राख्ने एरपोर्टहरु बन्नु पर्छ ।।
प्रशोधीत कारखानाहरु नेपालमा नै हुनु पर्छ
अरववाटै सम्झौता गरी इन्धन ल्याउनु पर्छ
बर्षौ सम्म पुग्ने गरी गोदाम राख्नु पर्छ
स्वदेशी उत्पादन प्रयोग गरी गौरव मान्नुपर्छ ।।
ध्रुव प्रसाद गजुरेल