(Valentine special)

सवैले Valeantine मा फूल र माला उपहार दिए
मायाको चिनो भन्दै अंग्रेजीमा नै धन्यवाद दिए
नेपालीपन आधुनिकताले गर्दा भाँसिदै गयो
हिजोको मेरो माया , आज अर्कोको हुने भयो….

माया………………..

वीस बर्ष अगाडिको डायरीबाट (Valentine special)
माया गर्न सोध्न पर्दैन, साथी आफै वस्छ माया,
रिसाउँदा झनै लाग्छ माया, खुसाउँदा नी माया ।
गाली गदै जाउँ साथी, भनझन वढछ् मायाँ
शव्दले त रेटी सक्यौ , ढुङ्गा हान्दा लाग्छ मायाँ ।।
मायाँ पवित्र गगाँ हो, भर्न तौलन सकिदैन,
कसले कति गर्छ त मायाँ, देख्न पनि सकिदैन्न ।
कठोरै मिहिनेत गर, मायाँ पाउन पनि सकिदैन ,
माया लाउँ मलाई भनि , लाउन पनि सकिदैन ।।
तिमी नवोलेर साथी, मायाँ मेटाउननी सकिदैन,
छाती खोलेर साथी, मायाँ देखाउनी सकिदैन ।
भेटै नहोस जुनी जुनी, मायाँ मार्न सकिदैन,
अपुरो मायाँ साथी, कहिल्लै विर्सन नी सकिदैन ।।
–ध्रुव गजुरेल

मलाई डर लागेको छ

चन्द्रसुर्य भन्डा पहराउदै नाच्न मन लागेको छ,
सगरमाथा सीरानी राख्दै सुत्न मन लागेको छ,
रंगीविरगी फुलहरुको माला गास्न मन लागेको छ,
कतै नेपाली स्वभीमान चुक्लाकी मलाई डरलागेको छ ।।
मेचीदेखी महाकालीसम्म हिड्न मन लागेको छ,
हिमाल, पहाड, तराइ हुदै, बग्न मन लागको छ,
लालीगुँरास र हिउसगैं खेल्न मन लागेको छ,
रमाउदै गर्दा स्वाभिमान चुक्ला की मलाई डर लागेको छ ।।
नेपाल र नेपालीको को हुन ? भन्न मन लागेको छ,
मृत्युवरण गदै बहादुरी दिन मन लागेको छ,
अरुको भूमिकाबाट नेपाली भुमीमा नहान भन्न मन लागेको छ,
नेपाली धर्ती र पहिचान गुम्लाकी मलाई डर लागेको छ ।।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८

महिला अधिकार ?

अाजका कुरा। नारि दिबश

छोरी, बुहारी, श्रीमती, आमा र सासु हुन महिला ?
खाना पकाउदै काम गर्ने, मेशीन हुन महिला ?
धार्मिक विभेद, अत्याचार र शोषण हुन महिला ?
लैङ्गीक हिंसा समनता र पहुचका नारा हुन महिला ?

५१ % जनसंख्या महिला भएको देशमा ,
३३% को भिक माग्दै नारा हुन्छ सडकमा ?
महिला सहभागिता र बहुमतको माग गर्दै ,
देश ठप्प हुने गरी आन्दोलन किन हुन्न देशमा ?

Marry wollstonecraft को vandication र नारी आन्दोलन ,
8 March 1908 अमेरिकी कपडा उद्योगको महिला आन्दोलन,
महिला अधिकार , आवाज र संयुक्त राष्ट्रसघिय महिला वर्ष,
1975, 80,85 हुदै 1995 को वेइजीङ महिला सम्मेलन ।

नेपालको सति प्रथा, वादी, विधुवा र बोक्सी जस्ता,
अमानविय यातना, घरेलु हिंसा र यहाँको पुरषसत्ता,
कर्णालीका महिलाले बुझेर, चुल्हो बाल्ल छाडेमा ,
दुनियाँले बुझ्ने छ ! नेपालका महिला उठ्न खोजेछन !

भर्खर व्याचुलर सकाएकी ती अर्धाङ्गीनी,
मगंलशुत्र, टिका सिन्दुर र पोतेको साथमा,
आफ्नै पिडाको भक्कानो पादै, माइक बजाउछीन,
जगौ, उठौं, माथि उठौ नारी अधिकारको लागि ।

विवाह पूर्व पवित्र र देवताको अंश मानिने छोरीहरु,
विवाह पश्चात दाशी र दोस्रो दर्जाको नागरिक बन्दा ,
नारी उत्थान ! जागरण ! समाता ! र भाषण भन्दा,
खोइ त ? काहाँ पुगेको छ ? नारी आन्दोलनको कुरा ?

ध्रुव प्रसाद गजुरेल

क्रमश………………….

हॉसो

हास्न पनि गा¥हो हुन्छ , त्यसै हास्न सकिदैन ,
हा….हा गरि हासेर नी , कनै अर्थ रहदैन ।
भित्रि कुरा बुझेपछि त्यसै वस्न सकिदैन,
मन भित्रको तरंगले हासो थाम्नै सकिदैन ।।
मस्तिष्कका नसाहरुले एउटै कुरा बुझेपछि ,
गहिरो, ठुलो पिडा र चोट सवै कुरा भुलेपछि ।
भोगेका, देखेका र सुनेका कुराहरु सम्झछन
सवै ताना विर्सिएर नै खित्का छोड्न थाल्छन ।।
मुक्तक लेख रचनाले मानिस हास्न थाल्छन,
मनकै कुरा लेखीदिदा अर्थ खोज्न थाल्छन ।
एउटै लेखलाई पनि फरक फरक बुझछन् ,
त्यही बुझाइले गर्दा हासो गर्न थाल्छन ।।
ठुलो शक्ति जम्मा हुदा, हासो खुल्न सक्छ ,
त्यहि शक्तिले विजुलीको चिम नै वल्न सक्छ ।
शरिर भित्रका संचित विकारहरु सफा हुन्छ ,
हाँसो भन्ने सानो होइन आयु बढ्न सक्छ ।।
– ध्रुव प्रसाद गजुरेल

कविता “शेल्फी” (शेल्फीमा रमाउनेहरुको लागि)

दशै, तिहार, छठ, रमाजन वा क्रिसमसमा,
नेता , आफन्त वा बावु आमाको लासमा ।
शभा, जुलुस, आन्दोलन वा प्राकृतिक विनाशमा,
शेल्फी खिचि तुरुन्त post गरिन्छ मासमा ।।
कुनै मन्दिर, ताल–तलैया, बार वा झरनामा,
बगैचा, भिर–पाखा, हिमाल अनि वगरमा ।
जोखिमयुक्त ठाँउ र आपत वा विपतमा,
शेल्फी खिच्न खोज्दा नै मरेका छन दुनियामा ।।
शेल्फीमा घमण्ड गर्नेहरुलाई जवाफ दिन,
भेटाउ शेल्फीमा मृत्यू हुनेको परिवार जन ।
कस्तो रहेछ पिडा उनलाइ सुनाइ दिन,
शेल्फी नराम्रो घिणित हो भनी बुझाइदिन ।।
युवा यूवती र शेल्फीमा रमाउनेहरुलाई,
राम्रो होइन दुर्घटना हुन्छ भनि बुझाउनलाई ।।
शेल्फीमा प्रतिवन्धित कानुन बनाउनलाई,
ढिला गर्न हुदैन अव शेल्फी बन्द गर्नलाई ।।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८

शिर्षक विनाको कविता !

नेपालसँग सिमाना जोडिएका शक्तिशाली देशहरु,
दक्षिण, उत्तर हुदै चारैतिरबाट घेरिरहेका छन् ।
आफ्नै अधिकारको लागि बोल्नचल्न नसक्नाले,
उनिहरुले नेपाल र नेपालीलार्इ पेलिरहेका छन् ।।
उनिहरुलार्इ पंचशील र अन्य सिद्धान्तले छुदैन कि ?
लिपुलेक, सुस्ता र कालापानीहरु नेपाल नै होइन कि ?
बलिया दुर्इ मिली निर्धोलार्इ हेप्न पेल्न पाइन्छ भने,
चाहियो किन संयुक्त राष्ट्रसंघ बोल्दैन यदि भने ।।
भूपरिवेश्ठित राष्ट्रलार्इ नाकाबन्दी गर्न मिल्छ भने,
नजिकको समुन्द्रसम्मको भूमि नेपाललार्इ दिन पर्दछ,
संयुक्त राष्ट्रसंघ विश्वकै अभिभावक बन्नेनै हो भने,
नयाँ बनार्इ फेरि विश्व नक्सा कोरीनु पर्दछ ।
हाम्रा टिष्टा र कागडा वर्षै पिच्छे सर्दछन भने,
सगरमाथा एकदिन हराउदैन भन्न सकिदैन ।
तिमी र हामी मा नेपाली ढुकढुकी रहदा रहदै पनि,
नेपाली भूमी रहन्छ या रहदैन ? भन्न नै सकिदैन ।।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८

श्रद्रान्जली,,,,,,,,,,,

जननेता मदन भण्डारी,विर गणेशमान सिंह, मनमोहन अधिकारी हुदै शुशिल कोइराला र हालसम्म दिवंवत हुनुभएका सम्पूर्ण राजनेताहरु प्रति समर्पित कविता हो श्रद्रान्जली

नेता दुर्घटनामा परे, मरे वा मारीएको खवरले
सम्पूर्ण मिडिया छाएको छ, सन्सनीपूर्ण तरङ्गले
जनताहरु कौतुहलतामा छन, नेताहरु दौडीरहेका छन
वास्तविकता र मृत शरिरलाई निहालिरहेका छन

देश, समाज र संसारलाई, बदल्न आँट गर्ने नै
मृत शरीर लिई, काठको मुडा झै ढलिरहेका छन
शंकै शंकाको घेरामा, सरकारले सम्मान दिएकोछ
जनताहरु रोइरहेका छन, मसानघाट लास कुरीरहेको छ

खित्का छोडेर हाँसीरहने चित्ता, आज टोलाइरहेको छ
जुगौ बाँच्न पर्ने मानिसलाई, निल्न परिरहेको छ
आगोलाई पनि बल्नै सकिदैनकी, भन्ने पिर परेको छ
साराको मन पगाल्ने, महान मानिसलाई नै पगाल्नु परेको छ ।

युवा जमात ,बृद्ध र महिलाहरु फूल हातमा लिइरहेका छन्
तँछाड मछाड गर्दै , सेल्फीमा दौडीरहेको छन् ।
फोटो खीच्नेको घुइचोँले , चैउर भरिएको छ ,
लास आफै , अफ्ठारो मानी मानी सुतिरहेको छ ।

मरेको लासलाई , सरकारबाट राष्ट्रीय सम्मान दिइयो ,
जनसागर मलामी भए , तोप र सलामी दिइयो ।
दागवत्तीको साथै , धुवाको मुस्लोमा उनी हराए
मलामी रित्तै फर्किए , उनी सदाको लागि विलाए ।।

अपुरणीय क्षेती भयो , देशले होनाहार सपुत गुमायो,
श्रद्रान्जली सभामा, उनको सपना साकार पार्न ।
नारा लगाउदै, तस्वीरमा फुलमाला चढाइयो ,
शोकलाई शक्तिमा वदल्न, अपुरा कामलाई पुरा गर्न ।।

भिड तितरवितर भयो, तस्वीर तमासा हेरिरहेछ,
बाँच्च्दा सवैले घेरेका, मृत्यूपछि एक्लै हुइदोरहेछ ।
देशका लागि खर्चेको जीवन, केवल उधारो रहेछ ,
नेता कार्यकर्ताको तमासाले , तस्वीरबाटै आशु झरिरहेछ ।।

जिल्लामा अस्तु सेलाइयो तस्वीरमा माला लगाइयो,
पालो कुरि बसेका नेताबाटै, अमर रहुन नारा भजाइयो ।
पुण्य तिथीमा, चिया, विस्कुट र भोजन गराइयो
ससांर बदल्छु भन्नेलाई, भित्ताको एउटा किलामा झुन्डायो ।।

–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८

Facebook

This time our Best friend is Facebook ,
Our all poem and notes are in Facebook ,
Our all friend and their information in Facebook ,
Our one part of important life is also Facebook .
More person love and get married by Facebook ,
Person create relation and business by Facebook ,
Person lost and rise goodwill by Facebook ,
It is open sky all can be keep in Facebook .
Facebook is the type of speedier way ,
Positive thinking is its main them ,
Rising now like the Full Moon Day ,
Working Post office work, in Every Day.
to be cont…
Dhruba Gajurel
Tarakesor Nagarpalika – 8
Kathmandu

अुनुभव धरहरा ( आशा – पछुतो) 2068/01/01

१९९० को महाभुकम्पको पिडालाई गर्भमै राखेर
काठमाडौमा महानायक भएर उभिएको छ धरहरा
उपत्यकाको सम्पुर्ण दृश्यहरुलाई आफैले कैद गर्दै
सम्मपूर्ण नेपालीहरुको धुकधुकी बनेको छ धरहरा ।।
माथिल्लो बरण्डाबाट सम्पूर्ण उपत्यका नियाल्दा
हिमाल र वरिपरिको रमाइला दृश्यहरुमा रमाउदा
पृथ्वीलाई अन्तरिक्षबाट नियालेको जस्तो लाग्यो ,
१९९० अगाडी घर आँगन नै देखिन्थ्यो जस्तो लाग्यो ।।
धुवा–धुलो , जाम , भिडभाड र अव्यवस्थीत फोहोरहरु
हराभरा, सिंगापुर बनाउने जस्ता खोक्रा नाराहरु
मापदण्ड विपरित बनेका ठुला घर र सरंचनाहरु
कसरी थेग्ला ? काठमाडौंले ति आउदा दिनहरु ।।
विश्व सम्पदा सुचीमा , हाम्रो पहिचान हो धरहरा
पवित्र भुमिका झुट खेती मौलाउनै दिदैन धरहरा
हत्या, हिंसा र बलत्कारको साक्षी छ धरहरा
सम्पुर्ण पोल खोल्दै्र एक दिन वोल्ने छ धरहरा ।।
तर ……………
२०७२ वैशाख १२ गतेको विनासकारी भुकम्पले
हाम्रा सम्पुर्ण सपनाहरु आज आझेलमा परेका छन्
एकलव्वे झै उभिएको धरहरा र सम्पुर्ण सम्पदाहरु
सम्हालनै नसकिने गरि क्षण भरमै भुमीमा झरेका छन् ।।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८