मै हुँ

महाभूकम्पको ४५ अौं दिन आज

पृथ्वी डगमगाउँदै आउने भूकम्पनै मै हुँ ।
कमजोर संरचना तहसनहस गर्नेनै मै हुँ ।
सानु-ठुलो, तेरो-मेरो, लोभ नभएकोनै मै हुँ ।
सारा संसारको प्रश्नवाचक चुनौतीनै मै हुँ ।
1990, 2072 को महाँभुकम्पनै मै हुँ ।
हजारौं पराकम्पन ल्याउने शक्तीनै मै हुँ ।
क्षणभरमानै नासी मात्तीएर हास्नेनै मै हुँ ।
बिना सूचना आउने भूकम्पनै मै हुँ ।
म लहड हुँ विना सूचना दौडने तरंग मै हुँ
विज्ञान, न्युट्रन, आइस्टान भन्दा ठुलोनै मै हुँ ।
शक्तिमा, कालमा, नासमा, सवैमा ठुलो मै हुँ
मिनेट भरमा विध्वन्स मच्चाउनेनै मै हुँ ।
तर,
म प्रतिरोधात्मक संरचना बनाउनेहरुलाई
बलिया निर्माण र पून:निर्माण थाल्नेहरुलाई
पूराना नराम्रा शैली र मान्यता तोड्नेहरुलाई
नआत्तीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।
ईन्जिनियरहरुको सल्लाहमा निर्माण गर्नेहरुलाई
दूर्गम गाउँमा साना बस्ती बनाउनेहरुलाई
फेरी भूकम्प आउन सक्छ भनी सोच्नेहरुलाई
न आतीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।
भूकम्प प्रतिरोधी घर, टहरा, भवन बनाउनेहरुलाई
अर्को पुस्ताले सम्झन लायक निर्माण गर्नेहरुलाई
बुद्धि पुर्याइ काम गर्न थाल्नेहरुलाई
नआत्तीन नडराउन अनुरोध गर्ने नै मै हुँ ।

उठौं यूवा देशलाई निकास दिलाई दिन

देशको मानचित्रलाई चिर स्थाइत्व दिन
उठौं यूवा यो देशलाई चाँडै निकास दिन
यूवा उठे पहाड ढल्छ सम्म बनाइ दिन
रगत पनि पेट्रोल बनी बल्छ दन दन ।
चन्द्र सूर्य झण्डा हाम्रो शीरमा फहराउँदै
मेची-काली परै सम्म जाउन सब आजै
सेर्पा, भोटे, बाह्मण, क्षेत्री, मधेशी, थारु सबै
देश रहे म, तिमि, हामी रहन सक्छौं सबै ।।
शल्कीएको आगो हो झनै सल्कन सक्छ
घर गाँउ टोल बजार सब सकिन सक्छ
जातीयता द्वन्द र हिंसा भडकन सक्छ
त्यै हिंसाले कोही पनि नरहन नी सक्छ ।।।
यो देशलाई छिटो दिन औषधी र मलम
शल्कीएको आगोलाई मत्थर बनाइ दिन
जातियता, सदभाव र सिमा मिलाई दिन
उठौं यूवा देशलाई निकास दिलाई दिन ।।।

ध्रुव प्रसाद गजुरेल

नेपालको संविधान ।………………………………..

१० वर्षको गर्भिणी नेपालको संविधान
जन्मनु भन्दा अगाडि नै विरामी पर्याछ
डाक्टर र बैद्धको झगडाले घिटि-घिटिमा छ
बाच्ने वा मर्ने दोधारमा संविधान पर्याछ ।
संविधान गरिवको च्यातिएको खोल जस्तो
तल छोपे माथि नाँङ्गो माथि छोपे तल
बीचमा पनि प्वालै-प्वाल कस्ता रहेछन् दल
तै पनि जारी गर्न-नगर्न भैरहेछ ठूलो बल ।।
विधि? प्रक्रिया? सहमती? सर्व सम्मत भन्दैमा
देशले संविधान पाउन ढिला भो
जसरी संविधान जारी गरिएता पनि
चित्त नबुझ्नेले सडकमा जलाउने भो ।।। क्रमश………………….
–ध्रुव प्रसाद गजुरेल

नेपाल प्यारो छ……………….

मलाई मेरो भाषा, धर्म, बंश प्यारो छ,
कृष्ण, अल्लाह, क्राइष्ट, बुद्ध सबै प्यारो छ,
हिन्दु, मूस्लीम, क्रिष्चियन, बुद्ध जो भए नी,
संस्कृति र रितिरीवाजमा नेपाल प्यारो छ ।
हिमाल, पहाड, तराई विविधताको देश प्यारो छ,
सुनाखरी, गुराँस, अनेक फूल प्यारो छ,
जन्मन्छन्, हुर्कन्छन सबैलाई देश प्यारो छ,
राष्ट्रियता गौरव सबको, नेपाल प्यारो छ ।।
देश विरामी पर्दा सबैलाई दुख्छ, नेपाल प्यारो छ,
अशान्ती होइन, शान्ती र सदभाव फैलाउन पर्याछ,
सबै जात, भाषा, धर्म, समान यहि देश प्यारो छ,
छातीमा हात राखी, आत्माले भन्दा नेपाल प्यारो छ ।।।
–ध्रुव प्रसाद गजुरेल

शुभकामनै शुभकामना संविधानसभालाई

संविधानसभाबाट संविधान बन्दैन की
राष्ट्रिय अन्तराष्ट्रिय शंका हटेको छ
जाती जातीएताको चर्का नाराहरु पनि
नेपाली जनताको मस्तिकबाट हटेको छ ।

शुभकामनै शुभकामना संविधानसभालाई
आफ्नै काम कर्तव्यमा अहोरात जुटेको छ
पाटीगत स्वार्थ भन्दा नेता माथी उठेमा
नहुने के रहेछ र ? नेपालमा नै देखिएको छ ।

सवैको आ-आफ्नै अडानहरुले गर्दा
सहमतिको दस्तावेज संविधान बनेको छ ।
नमिलेका कुराहरु मिलाउन सकिनेले गर्दा
यो नेपालको संविधान सवैको साझा बनेको छ ।

सम्पूर्ण नेपालीहरुले एक पटक जितेका छन
हिमाल, पहाड, तराइ सवै जुटेका छन
नचुडीने एउटै माला बुन्नका लागी
हातेमालो गर्दै अगाडी बढेका छन ।

असोज 3 गते आउन टाढा नभए पनि
शुभकामनाहरुको ओहिरो लगेका छन
देश, जनता र सवैले जित्ने संविधानको
विधिवत घोषणा र स्वागतमा आतुर छन ।

बधाई छ ऐतिहासीक संविधानसभालाइ

आज ऐतिहासिक संविधानसभाबाट नेपालको नयाँ संविधान घोषणा हुर्दै छ । सवैलाई शुभकामना …………

कयौ दशक लामो जनताले संघर्ष गर्दा पनी
सविधानसभाको चुनाव सम्म हुन सकेन,
7, 17, र 36 सालहरु पनि वित्दै गए
जनताको हातबाट सविधान बन्नै सकेन ।
2046 को जनआन्दोलनको उपलब्धीलाइ
पुरै समर्थन, आधा र कोहीले मान्नै मानेनन,
देश कालो वादल र गृहयुद्धमा होमीन पुग्यो
आन्दोलन, हत्या र हिंसाले चल्नै नसक्ने भयो ।
राजतन्त्रको सक्रियता, खोसिए अधिकारहरु
एकै जुट भए माओवादी,, एमाले, कांग्रेसहरु,
माओवादी जनयुद्ध, 62/63 को जनआन्दोलनले
गणतन्त्र स्थापना, संविधानसभाको चूनाव भो .
पहिलो ऐतिहासिक संविधानसभा, गर्वमा तुहिदा
दास्रो संविधानसभाको पनि शंका ठुलो भो,
दलहरुको आ-आफ्नै हठ, अडान र घमण्डले
देश असफल राष्ट्र बन्ने प्राय निश्चित नै भो .
वैशाक 12 गतेको महाविनाशकारी भुकम्पले
देश तहस नहस र कयौ हजारको ज्यान गयो,
उद्धार, राहात र पुन निर्माणको संकल्प गर्दै
नेपाली राजनितिक दलहरुमा अनौठो सम्झौता भो .
सम्झौतै सम्झौताको खातमा 16 वुद्धेको उदयले
संविधानसभाबाटै नयाँ संविधान बन्ने भयो ,
संघियता, सिमा, सुनिश्चितता, अधिकारहरुले
आन्दोलन, हिंसा, सदभाव भड्कदै कोलाहल भो .
मघेशवादी र केहि दलहरु मिलाउन नसक्दा
सर्वसम्मत नभइ संविधानसभा केहि खल्लो भो,
छलफल, प्रक्रिया, विधि र सहभागीताले गर्दा
विश्मै नेपालको संविधान सभा लोकप्रिय भो .
537 सभासदहरुको हस्ताक्षर र प्रमाणीकरणले
सवैतिर खुसीयाली नै खुसीयाली छाएको छ,
राष्ट्रपतिबाट गरीने विधिवत घोषण सँगै
नेपालको नयाँ संविधान जारी हुने भएको छ .
संविधान स्थायी नभइ शंसोधन गर्न सकिने
संयुक्त वक्तव्य दिएका छन ठुला दलहरुले,
हिमाल पहाड तराई मधेशी थारु अन्यहरुले
गौरव र ऐतिहासिक खुसीयाली मनाउ सवैले .
लामो समयको अन्यौल र अस्थिरताको अन्त्य सँगै
देश विकास र आर्थिक क्रान्तिको बाटो खुल्दैछ,
नयाँ नेपाल नयाँ जोस जागर र उत्साह सँगै
सम्पूर्ण क्षेत्रमा लगानीका अवसरहरु खुल्दैछ ।
बधाई छ ऐतिहासीक संविधानसभालाइ
संघीय लोकतान्त्रिक गणतन्त्र छोडेर जादेछौ,
हामीले भोगेको असोज 3 इतिहास बन्नलाइ
युग युग सम्म सम्झनेछन सलाम छ तिमीलाइ.

तराइ आन्दोलन र स्वाभीमान

मेरो पहाड, मेरो हिमाल, मेरो हो तराइ
भावनामा बग्नै हुन्न, सम्झी त्यसै पराइ
सत्य, तथ्य, यथfर्तथा बुझ्नै पर्छ पैले
मेची देखी काली सम्म, नेपाली हो पैले
अधिकार माग्दा खेरी, कोही पनी नमरुन
मेरो चाही बाह्रै टक्का, भन्ने पनी नगरुन
आफूले माग्दा, अरुलाइ नोक्सान पार्न हुन्न
मधेश वा पहाडीया, छुट्याउन हुदै हुन्न
तराइवासी रुदा खेरी, पहाड हास्न हुन्न
किन रुन्छन बुझ्नै पर्छ, त्यसै वस्न हुन्न
हिमाल पहाड रुदा खेरी, तराइ सुत्नै हुन्न
सवका पिडा एकै हुन्छन, भुल्नै हुदै हुन्न
तेल भरेर उडेको जहाज हो, तराइ आन्दोलन
फाइलट र टावरले राम्रोसँग, सम्पर्क गरुन
दुर्घटना अगावै, सुरक्षीत अवतरण गराउन
तेल सकिनु पुर्व नै, त्याग र मेहिनेत गरुन
वार्ता सहमती र मेलमिलाप छिटो गरुन
हाम्रो कमजोरीमा, अरुले अधिकार नहरुन
विदेशी सामु कहिल्यै, पनि घुडा टेक्न हुन्न
नेपाल र नेपालीको स्वभीमान, झुक्नै हुन्न
ध्रुव प्रसाद गजुरेल

अपुरो मायाँ ……

उनको अनुहारमा मेरो मन , कसरी डुव्न पुग्यो ?
मिहिनेत, अनि प्रस्ताव विना, माया बस्न पुग्यो ।
सामान्य जस्तै देखिएकीले कुरा गरिहाले
सगै वसी फोटो खिच्न मन्जुर गरी हालीन ।।
साथीहरु के भन्छन त? सोधेको थिइन उनले,
डर, भर मलाइै छैन, भनेको थिइन उनले ।
मेरो दिमाग खुवै सगँ घुमाएको थिइन ,
के गरौ ? कसो गरौ ? भन्ने बनाएकी थिइन ।।
अरुले जे भने पनि, मतलव छैन अरे,
छताछुल्ल माया पनि, बग्न हुदैन अरे ।
मेरा कुरा बुझीकन, मौन बसेकी रे
चोखो माया पाउने हुदा, खुसी भएकी रे ।।
सिमापारी भिडमा पनि, एक्लाएकी थिइन
मायाँको चिनो लिदै, हात मिलाएकी थिइन ।
आखा बाटै आशु झरे, मुख नै हेरिन मैले,
पिडा सहदै हात समाई अघि वढाइ मैले ।।
उनकै गाउमा भेट्न आउन प्रस्ताव गरीन उनले,
मेरो प्रस्तावमा पहिला भेटन , स्वीकार गरीन उनले ।।
आँखैबाट आत्मीयता, साटेका थियौ हामीले
जिवनभर माया गास्न, सोचेका थियौ हामीले ।।
मौसमी र जवानीको, भर हुन्न भन्छन !
मायाँ पनि भेट नहुदा, सुक्दै जान्छ भन्छन ।
यस्ता यस्तै कुरा सोच्दा सोच्दै टोलाएछु म त,
शरीर भित्रै्र ज्वरो पसी बहुलाएछु म त ।।
उनको बाध्यता विवशता र भविष्यले होला ,
उनी डराइन र लुकाइन, मायालाई मुटुको छेउमा ।
शायद अव कहिल्यै पनि भेट नहुने गरी ,
सिमा पारीको माया हो भन्दै, मन बुझाउने गरी ।।
क्रमश……………..
–ध्रुव गजुरेल

(Valentine special)

सवैले Valeantine मा फूल र माला उपहार दिए
मायाको चिनो भन्दै अंग्रेजीमा नै धन्यवाद दिए
नेपालीपन आधुनिकताले गर्दा भाँसिदै गयो
हिजोको मेरो माया , आज अर्कोको हुने भयो….

माया………………..

वीस बर्ष अगाडिको डायरीबाट (Valentine special)
माया गर्न सोध्न पर्दैन, साथी आफै वस्छ माया,
रिसाउँदा झनै लाग्छ माया, खुसाउँदा नी माया ।
गाली गदै जाउँ साथी, भनझन वढछ् मायाँ
शव्दले त रेटी सक्यौ , ढुङ्गा हान्दा लाग्छ मायाँ ।।
मायाँ पवित्र गगाँ हो, भर्न तौलन सकिदैन,
कसले कति गर्छ त मायाँ, देख्न पनि सकिदैन्न ।
कठोरै मिहिनेत गर, मायाँ पाउन पनि सकिदैन ,
माया लाउँ मलाई भनि , लाउन पनि सकिदैन ।।
तिमी नवोलेर साथी, मायाँ मेटाउननी सकिदैन,
छाती खोलेर साथी, मायाँ देखाउनी सकिदैन ।
भेटै नहोस जुनी जुनी, मायाँ मार्न सकिदैन,
अपुरो मायाँ साथी, कहिल्लै विर्सन नी सकिदैन ।।
–ध्रुव गजुरेल