धरहरा सम्बतको प्रस्तावित क्यालेण्डर सार्वजनिक

धरहरा सम्बतको बारेमा बहसका लागि यहाँ क्लिक गर्नुहोस् ।

धरहरा सम्बत क्यालेण्डरका यहाँ क्लिक गर्नुहोस् ।

हार्दिक समवेदना

Today is 13 day ( 25 April 2015 Saturday 11:54) -Earthquake-7.9 Magnitude

७२ बैशाख १२ गतेको कालो दिन
हेर्दा हेर्दै घर, गाँउ, टोल मन्दिर ढलेका छन् ।
आफ्ना आफन्त पूरा गाँउ नै चिहान बनेको छ ।
जनधनको अपूरणिय क्षती देशै शोकमा डुबेको छ ।
महाविनासकारी भूकम्पले महाविनास गरेको छ ।
दिवंगत आत्माहरु प्रति हार्दिक समवेदना प्रकट गर्दै
एक हातले आँशु पुछ्दै, पिडा सहि
अर्को हातले उद्धार र राहतमा जुट्नु परेको छ ।

नेपाल आमा रोइरहेकी छन

सविधानसभाबाट संविधान बन्दै गर्दा
समर्थन र विरोधका नाराहरु गुन्जेका छन
देश बन्दै–बन्दको चपेटामा फसेको छ
आ–आफ्नै मागहरु सडकमा छरिएका छन

बन्दै–बन्द अनि हिंसा र कफ्युले गर्दा
चुलो बाल्नै छाडेर जनता सडकमा छन
आ–आफ्नै अधिकार र पहिचानको लागि
माग्ने वेला र अवसर हो पाउनका लागि

कालापानी, सुस्ता र लिपुलेकले शहिद खोजेका छन
अमूल्य मोलमा शहिद बन्दैन कोही
आफ्नै देशको सीमा, जात र धर्मको लागि
देश भित्र नै मूल्य तोकेर मर्दछन् कोही

शान्तिपूर्ण आन्दोलन गर्ने मसी सुक्न नपाउदै
बन्चरो र भालाले प्रहरीहरु मारीएका छन
जातियता, धार्मीक सदभावका विरुद्धमा
नाराजुलुसहरु घन्किरहेका छन ।

पुलिस पहाडीया मघेसी जो मारिए पनि
आफ्नै आमाका सन्तान मरिरहेका छन्
सवैले सम्यमीत होउ कयौ कोख रीतिएका छन
यस्तो चाला देखेर नेपाल आमा रोइरहेकी छीन

स्वभीमान झुक्न सक्दैन हाम्रो………….

कसैको जाल साझी , धम्की र विज्ञाप्तीले
हामी, हाम्रो शीर झुक्दैन स्वभीमान हाम्रो
शकुनी रुपी दया, माया अनी प्रेमले,
राष्ट्र ,राष्ट्रियता र झुक्दैन स्वाभिमान हाम्रो .
नेपालको अस्तित्व, राष्ट्रियता र सकल्पदेखी
नेपालको शुख, शान्ती र लोकप्रिय संविधान देखि
नेपाल, नेपालीपन, गौरव र धमण्ड देखि
विषालु साँपले टोक्न खोज्दैमा, झुक्दैन स्वभीमान हाम्रो
आफ्नै घर नमिलाई, अरुको फुटाउन खोज्दा
सोच्नै पर्दछ हामीले, आन्तरिक कुरा अरुले वोल्दा
अहिले दवाव दिइ, संविधान स्वागत नगरेपनि
विश्वजगतमा माथी छौ, झुक्दैन स्वभीमान पनि
पेट्रोल, ग्यास, डिजेल, मट्टितेल हाहाकार भएपनि
पैदल हिड्दै, खानै नखाइ, भोकै भएपनि
नाका बन्दको धम्की, अन्त्य गर्नको लागी
नेताहरु हो झुक्न पर्दैन, स्वभीमानको लागी
युद्ध क्षेप्यास्त्र, बम, गोला, र रकेटले गर्नै पदैन
पछि नफर्क नेताहरु, हाम्रो अधिकारको लागी
अन्तराष्ट्रिय संघ, संस्था र न्यायको लागी
सक्रियताका साथ अगाडी बढौ स्वमीमान झुक्नै पर्दैन
हाम्रा नाका र वाटोहरु कसैले चाहेर पनि
रोक्न र रोकिन सक्दैन, क्षतिपुर्तिको माग गरौ
अन्तराष्ट्रिय सन्धि, सम्झौता र न्यायको लागी
सुनौलो अवसर हो, पहल गरौ स्वभीमान झुक्न सक्दैन
ध्रुव प्रसाद गजुरेल

धम्की दिदै

धम्की दिदै नाकाबन्दी गर्ने बेला आयो रे
दाशताको मानसिकता तोड्रने बेला आयो रे
राष्ट्रीय अखंडता र सार्बभौमकताको रक्षा गर्दै
यूद्घ गर्न उठौ अब मर्ने बेला आयो रे ।।।

तिम्रो बहादुरीको लागी …

विदेशी भूमीका टेकेर, आफ्नै भूमीमा ढुङ्गाले हान्दा
उनको घाउ फुट्यो, मेरो मुटु चस्क्यो, नेपाली हु भन्दा
छाती खोलेर अगाडी वढ, अधिकार प्राप्तीको लागी
आफ्नै भूमिमा शहिद वन, सलाम छ तिमिलाइ, तिम्रो बहादुरीको लागी …

किन नाकाबन्दी गरेका हुन मोदिले ?

म महात्मा गान्धी र गौतम बुद्धको देशबाट आएको छु
विश्वकै सम्मानीत संस्थामा, झुटो वोलेका छन मोदीले
ऋषी मूनी भएर, संविधान लेख्नुहोस भनेका थिए,
90% ले लेखेको संविधान, स्वीकार गरेनन मोदीले
विश्वमा नै प्रजातान्त्रीक देश हूँ, भन्नेलाई निहुराउदै
63% को संविधानलाइ, 90% ले दिएको झट्काले
प्रजातान्त्रीक र लोकप्रीय शब्द नेपालले तान्दा
अशैय भइ, अवान्चित गतीविधी गरेका छन मोदीले
नेपालको आन्तरिक मामिलामा, हस्तक्षेप गरेका छन
इन्धन, अत्यावश्यक सामान र ‌औषधी बन्द गरेका छन
अन्ताराष्ट्रिय मान्यता र मानव अधिकारको धज्जी उडाउदै
नेपालको अस्पताल नै, चिहान बनाएका छन मोदीले ।
2072/1/12 गतेको महाविनाशकारी भूकम्पको घाउमा
विश्वले मलम पट्टी लगाउदा, भारतले नून चुक छरेको छ
अनुकुल समय ठानी नेपाल फुटाउने रणानीती बन्दै
विषालु गोमन साँपको जसरी, डसेका छन मोदीले
भारतीय भूमिमा कसरी, नेपालीले धर्ना दिन सक्छ ?
विदेशी भूमिबाट सार्वभौम राष्ट्रलाइ ढुङ्गा हान्न मिल्छ ?
विश्व व्यापार संगठन, साप्टा र विमिस्टेकमा नियम के छ ?
आफू भन्दा साना र कमजोर देशलाई भारतले पेलेको छ ।
फेसवुकमा जुगर वर्ग सँग, आफ्नै जिवनीको विलौना गर्दै
अघोषीत नाका बन्दी गर्दै, नेपाली जनता मारेका छन
उनकै देशवाट, ढुङ्गा-मुडा र गुलेली हानेका छन
अघोषित युद्ध छेडी, रमिता हेरेका छन मोदीले
जलस्रोतको अपार धनी नेपाल देखेका छन मोदीले
8300 मेघावट विजुली उत्पादन क्षमताबाट आत्तिदै
भविव्यमा नेपाल सामु नझुकी हुदैन भन्ने डरले
जलस्रोत सन्धी सम्झौता गराउन खोजेका हुन मोदीले
सोच्नै पर्दछ राजनितिक दलले भविव्यको लागी अव
भारत सँग मात्र व्यापार गर्दा कस्तो रहेछ फल
चिन र अन्य छिमेकी सँग कारोवार नगरी हुन्न
झुक्नै हुन्न भारत सँग फेरी गर्छ नाकाबन्द
ध्रुव प्रसाद गजुरेल

नाकाबन्दि खुल्यो रे……

आज .. गते बाट नाकाबन्दि खुल्ने भएको छ
एक पटक नेपालको अनुहार हाँसेको छ
कम्तिमा ग्यास, इन्धन ‌औषधी पाइयो भनेर
चाड पर्वको मुखमा नाकाबन्दी खुल्यो भनेर ।।
पिडा भित्र राखेर एक पटक हास्न परेको छ
बहिर हाँसेर पनि नेपालीले रुन परेको छ
राजनीतिक दल, बुद्धिजीवीहरुले सोच्न परेको छ
वैकल्पीक उपाएहरु के के छन खोज्नु परेको छ ।।
जलवायु र कृषिमा लगानी गरी अगाडी बढ्नु पर्छ
बद्युतीय रेलवे र सुरुङ्ग मार्गहरु बन्नु पर्छ
चीनबाट पनि ठुला ठुला नाका बन्नु पर्दछ
ठुला ठुला विमान राख्ने एरपोर्टहरु बन्नु पर्छ ।।
प्रशोधीत कारखानाहरु नेपालमा नै हुनु पर्छ
अरववाटै सम्झौता गरी इन्धन ल्याउनु पर्छ
बर्षौ सम्म पुग्ने गरी गोदाम राख्नु पर्छ
स्वदेशी उत्पादन प्रयोग गरी गौरव मान्नुपर्छ ।।
ध्रुव प्रसाद गजुरेल

भारतलाइ तिराउन परेको छ

भारतले गरेको अघोषित नाकाबन्दीबाट
नेपाललाइ पलपलमा परेको दु :खहरुबाट
के कस्तो नोक्सान, घाटा र क्षेति भएको छ
सम्पूर्ण हिसाव भारतलाइ तिराउन परेको छ
नाकाबन्दीलाई अन्तराष्ट्रिय करण गर्ने पर्छ
भूपरीवेष्टीका देशको अधिकार हेर्ने पर्छ
पारवहन सन्धी र नाकाहरु रोके वापत
के कती नोक्सान पर्यो अनुसन्धान हुन पर्छ
दैनिक अरवै डलर नोक्सान परिरहेको छ
उद्योग, कलकारखाना, विद्यालय बन्द छन
औषधी विना मानीसहरु मरीरहेका छन