This time our Best friend is Facebook ,
Our all poem and notes are in Facebook ,
Our all friend and their information in Facebook ,
Our one part of important life is also Facebook .
More person love and get married by Facebook ,
Person create relation and business by Facebook ,
Person lost and rise goodwill by Facebook ,
It is open sky all can be keep in Facebook .
Facebook is the type of speedier way ,
Positive thinking is its main them ,
Rising now like the Full Moon Day ,
Working Post office work, in Every Day.
to be cont…
Dhruba Gajurel
Tarakesor Nagarpalika – 8
Kathmandu
अुनुभव धरहरा ( आशा – पछुतो) 2068/01/01
१९९० को महाभुकम्पको पिडालाई गर्भमै राखेर
काठमाडौमा महानायक भएर उभिएको छ धरहरा
उपत्यकाको सम्पुर्ण दृश्यहरुलाई आफैले कैद गर्दै
सम्मपूर्ण नेपालीहरुको धुकधुकी बनेको छ धरहरा ।।
माथिल्लो बरण्डाबाट सम्पूर्ण उपत्यका नियाल्दा
हिमाल र वरिपरिको रमाइला दृश्यहरुमा रमाउदा
पृथ्वीलाई अन्तरिक्षबाट नियालेको जस्तो लाग्यो ,
१९९० अगाडी घर आँगन नै देखिन्थ्यो जस्तो लाग्यो ।।
धुवा–धुलो , जाम , भिडभाड र अव्यवस्थीत फोहोरहरु
हराभरा, सिंगापुर बनाउने जस्ता खोक्रा नाराहरु
मापदण्ड विपरित बनेका ठुला घर र सरंचनाहरु
कसरी थेग्ला ? काठमाडौंले ति आउदा दिनहरु ।।
विश्व सम्पदा सुचीमा , हाम्रो पहिचान हो धरहरा
पवित्र भुमिका झुट खेती मौलाउनै दिदैन धरहरा
हत्या, हिंसा र बलत्कारको साक्षी छ धरहरा
सम्पुर्ण पोल खोल्दै्र एक दिन वोल्ने छ धरहरा ।।
तर ……………
२०७२ वैशाख १२ गतेको विनासकारी भुकम्पले
हाम्रा सम्पुर्ण सपनाहरु आज आझेलमा परेका छन्
एकलव्वे झै उभिएको धरहरा र सम्पुर्ण सम्पदाहरु
सम्हालनै नसकिने गरि क्षण भरमै भुमीमा झरेका छन् ।।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८
अनुभव अछुत हुदाको ……
मुक्तिनाथ दर्शन गर्न जाने सल्लाह अनुसार
कलंकीबाट पेजरमा सम्पर्कको लागी खवर आयो
यहि महिनाको पहिलो शुक्रवार गाडी छुट्दैछ
जाने भए पैसा र सामान लिएर तु आओ
.
एक जना वृद्धले पैसा वुझेर हामीलाइ जिम्मा लगाए
साथीहरुकै सल्लाह अनुसार मलाइ अछुत बनाए
ठ बजे गाडी छुटना साथ मालइ चिनाए
ठट्टैमा बनेको अछुट धार्के नपुग्दै पाको बनाए
.
बुढा वा र आमाले किन गाडीमा हालेको भने
युवाहरुले सामान छोइएला जोगाउन थाले
आचार्य थर भएका त गाडीबाटै ओर्लन थाले
कोलाहल भयो तिर्थ जादा नी अछुत आउन थाले
.
कुरीनटारमा एक छिन वस रोक्दा सवै तल झरे
बृद्ध आमा पानी निल्दै खाजा चपाउदै थिइन
म हतारमा गाडी चढदा उनलाइ छोइएछ
चपाएका खाजा झ्यालबाट फाल्दै चिच्याइन
.
असत्ती कुजात र ड्राइभरलाइ गाली गरीन
मेरो टोपी फाली युवाह कुट्न तयार भए
मेरा द्द जना साथीहरुले आँखाबाट आँसु झारे
सवभन्दा पछिल्लो सिटबाट मलाइ तल झारे
.
ड्राइभरले पैसा फिर्ता गर्दै मुग्लिनमा झार्ने भयो ।
एकछिनको विवाद र साथीहरुको वहशले गर्दा
कसैलाइ नछुने सर्तमा पछिल्लो सिटमा राख्ने भयो
आँखाबाट आशु झरे मेरो बोली नै बन्द भयो
.
मुग्लिनमा वस रोकीयो सवै खाना खान झरे
भोक लागेकोले साथी सँगै म होटलमा पसे
सवै जना अर्डर छोडी बाहिर निस्किए
मेरो पगरी अछूत विर्सीदा साहुलाइ घाटा भो
.
.
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८
Happy New year B.S. 2073 (Starting from April 13) नयाँ वर्ष 2073 को शुभकामना
पूर्वबाट पहिलो सूर्य उदाय सगै
नयाँ वर्ष 2073 हाम्रो सामु आउँदैछ ।
दुखै दु:खको 2072 लार्इ विदाइ दिदै
नयाँ आशासगै 2073 लार्इ स्वागत छ ।।
.
कालोवर्ष 2072 सम्झन मनै छैन मलार्इ
विनाशकारी भूकम्प र हजारौ नेपालीहरु मर्दा ।
सविधान घोषणा भएर नि खुसी भएन मलार्इ
तरार्इ आन्दोलन, भारतीय नाकाबन्दीले गर्दा ।।
.
स्वाभिमान झुक्नै हुदैन भन्दै भोकै र नाङै हिडे
धेरै लेखहरु लेखेँ भारतीय अत्याचारको लागि ।
भूपरिवेष्ठित राष्ट्रको अधिकार र आवाज बोकेर हिडे
सुनाउन-संयुक्त राष्ट्रसंघ र विश्व जगतको लागि ।।
.
2073 साल हर्षो उल्लास र सुखमय रहोस्
घाउमा मलम पट्टी लगाउँदै सितलता प्राप्त होस् ।
प्रकृतिकविपद र नाकावन्दी अब भोग्न नपरोस्
हार्दिक मंगलमय शुभकामना सबैको उन्नती भै रहोस् ।।
.
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८
शुभकामना फागु फूर्णीमालाई (Happy Fagupurnima)
बसन्तपुरमा रंगी विरंगी चिर गाडेर,
राष्ट्रिय पर्वका रुपमा होली वोलाउदा ।
अनेकतामा एकताको सन्देश दिएर,
देश नै रंगमय वन्दैछ आपसमा रमाउदा ।
हिरण्यकश्यपले सत्यवादी प्रल्हाद मार्नलाई,
आगोले जल्नै नसक्ने वहिनी होलीकालाई ।
छोरा लिई आगोमा वस्न आदेश दिदाँ,
होलीका नै भष्म भइ प्रल्हाद जिवित रहदा ।
सत्यमाथी असत्यको सधै हार हुन्छ भन्दै,
बाजा, नाच, गाँनको साथै मनाउँछन होली ।
मिठो, चोखो खादै परिवारहरु जम्मा हुदै,
प्रत्येक बर्ष फागु पूर्णीमा मनाउछन होली ।
सवैको राम्रो हुन्छ समझदारीमा होली मनाउदा,
इच्छा विपरित रंग कसैलाइ पनि नलगाउदा ।
समझदारीमा नै राष्ट्रिय पर्व मनाउनलाई,
शुभकामना छ यस बर्षको फागु पूर्णीमालाई ।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८
Happy New year B.S. 2073 (Starting from April 13) नयाँ वर्ष 2073 को शुभकामना
.
पूर्वबाट पहिलो सूर्य उदाय सगै
नयाँ वर्ष 2073 हाम्रो सामु आउँदैछ ।
दुखै दु:खको 2072 लार्इ विदाइ दिदै
नयाँ आशासगै 2073 लार्इ स्वागत छ ।।
.
कालोवर्ष 2072 सम्झन मनै छैन मलार्इ
विनाशकारी भूकम्प र हजारौ नेपालीहरु मर्दा ।
सविधान घोषणा भएर नि खुसी भएन मलार्इ
तरार्इ आन्दोलन, भारतीय नाकाबन्दीले गर्दा ।।
.
स्वाभिमान झुक्नै हुदैन भन्दै भोकै र नाङै हिडे
धेरै लेखहरु लेखेँ भारतीय अत्याचारको लागि ।
भूपरिवेष्ठित राष्ट्रको अधिकार र आवाज बोकेर हिडे
सुनाउन-संयुक्त राष्ट्रसंघ र विश्व जगतको लागि ।।
.
2073 साल हर्षो उल्लास र सुखमय रहोस्
घाउमा मलम पट्टी लगाउँदै सितलता प्राप्त होस् ।
प्रकृतिकविपद र नाकावन्दी अब भोग्न नपरोस्
हार्दिक मंगलमय शुभकामना सबैको उन्नती भै रहोस् ।।
.
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका ८
कृषि उत्पादन प्रविधिमा ढिला भयो
सवैतिर परिवर्तन कृषिमा पुरानै ढर्रा भयो,
अन्न भण्डार घट्दै जादा छाक टार्न गाह्रो भयो,
पुरानै वीउ विजन, पुरानै उत्पादन शैली भयो,
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।
सञ्चार क्षेत्रले निकै ठुलो फड्को मार्दो भयो,
सञ्चार ज्यादै साघँुरो भयो पैसा विदेशीन गयो,
मोबाइल, ट्याबलेट, ल्यपटपमा खेल्दै गर्दा,
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।
शिक्षामा विगतको भन्दा निकै ठुलो परिवर्तन भयो
स्कुल कलेजका पुस्तकहरुमा व्यापक परिवर्तन भयो
उत्तरपुस्तीका जाँच्न र नतिजा प्रकाशनमा परिवर्तन भयो
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।
स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ प्रविधिको विकास भयो
ठुला रोग साधारण र बाहिर बाटनै अपरेशन भयो
स्वास्श्य, शिक्षा र सञ्चारमा ठुला परिवर्तन भयो
तर कृषि उत्पादन प्रविधिमा ढिला भयो ।
संचार स्वास्थ्य र शिक्षालाइ कृषिमा ढाल्न ढिला भयो
नया नया प्रविधि, तालिम, सीप दिन ढिाला भयो
गाउँ गाउँ कुना कुना सम्म प्राविधिक पठाउन ढिला भयो
त्यसैले त कृषि उत्पादन प्रविधिमा ढिला भयो ।
–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका -८
विषादी रहित उत्पादन गरौ
माटो र धुलोमा खेल्दै, बाँझो जोत्दै गर्दा,
प्राङ्गारीक मल छर्दै, मकैको ठेट्ना टोक्दा,
झसङ्ग मन झस्कन्छ र कहाली लाग्दछ ,
रोग व्याधी नष्ट गर्न छिमेकीले विष छर्दा ।
आफ्नै खेत बारीका स्वच्छ उत्पादनहरु,
आफ्नै हातको परिश्रमको मिठो फल,
विषादी रहित बाली नाली र उपभोग,
नगरौ अव खेती पातीमा विषको प्रयोग ।
एक्लै विष पिउनेहरु, आफू एक्लै मर्दछन ,
अन्न वाली, उत्पादनमा विष मिसाउनेहरुले,
मस्तीष्क, फोक्सो, कलेजो निष्क्रीय पार्दछन,
हजारौ हजार जिब र मानीसहरु मार्दछन ।
विषादी बिषै हो, विष राख्नु अपराध हो,
हामी सबैले वुझ्नु र वुझाउनु पर्दछ,
विषादी रहित उत्पादन प्रयोग गरौ,
व्यक्ति, गाँउ, टोल सवैले सहयोग गरौ ।
–ध्रुव प्रसाद गजुरेल
हार्दिक समवेदना
Today is 13 day ( 25 April 2015 Saturday 11:54) -Earthquake-7.9 Magnitude
७२ बैशाख १२ गतेको कालो दिन
हेर्दा हेर्दै घर, गाँउ, टोल मन्दिर ढलेका छन् ।
आफ्ना आफन्त पूरा गाँउ नै चिहान बनेको छ ।
जनधनको अपूरणिय क्षती देशै शोकमा डुबेको छ ।
महाविनासकारी भूकम्पले महाविनास गरेको छ ।
दिवंगत आत्माहरु प्रति हार्दिक समवेदना प्रकट गर्दै
एक हातले आँशु पुछ्दै, पिडा सहि
अर्को हातले उद्धार र राहतमा जुट्नु परेको छ ।
मै हुँ
महाभूकम्पको ४५ अौं दिन आज
मै हुँ
पृथ्वी डगमगाउँदै आउने भूकम्पनै मै हुँ ।
कमजोर संरचना तहसनहस गर्नेनै मै हुँ ।
सानु-ठुलो, तेरो-मेरो, लोभ नभएकोनै मै हुँ ।
सारा संसारको प्रश्नवाचक चुनौतीनै मै हुँ ।
1990, 2072 को महाँभुकम्पनै मै हुँ ।
हजारौं पराकम्पन ल्याउने शक्तीनै मै हुँ ।
क्षणभरमानै नासी मात्तीएर हास्नेनै मै हुँ ।
बिना सूचना आउने भूकम्पनै मै हुँ ।
म लहड हुँ विना सूचना दौडने तरंग मै हुँ
विज्ञान, न्युट्रन, आइस्टान भन्दा ठुलोनै मै हुँ ।
शक्तिमा, कालमा, नासमा, सवैमा ठुलो मै हुँ
मिनेट भरमा विध्वन्स मच्चाउनेनै मै हुँ ।
तर,
म प्रतिरोधात्मक संरचना बनाउनेहरुलाई
बलिया निर्माण र पून:निर्माण थाल्नेहरुलाई
पूराना नराम्रा शैली र मान्यता तोड्नेहरुलाई
नआत्तीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।
ईन्जिनियरहरुको सल्लाहमा निर्माण गर्नेहरुलाई
दूर्गम गाउँमा साना बस्ती बनाउनेहरुलाई
फेरी भूकम्प आउन सक्छ भनी सोच्नेहरुलाई
न आतीन नडराउन अनुरोध गर्नेनै मै हुँ ।
भूकम्प प्रतिरोधी घर, टहरा, भवन बनाउनेहरुलाई
अर्को पुस्ताले सम्झन लायक निर्माण गर्नेहरुलाई
बुद्धि पुर्याइ काम गर्न थाल्नेहरुलाई
नआत्तीन नडराउन अनुरोध गर्ने नै मै हुँ ।
….क्रमश :